पत्रकार महासंघ पाल्पाद्वारा प्रवाहसँगै वेबसाइट सार्वजनिक

पत्रकार महासंघ पाल्पाद्वारा प्रवाहसँगै वेबसाइट सार्वजनिक

पाल्पा, पुस १९

नेपाल पत्रकार महासंघ पाल्पाले ३० औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विस २०४९ सालमा १९ जना सदस्यहरुले पाल्पा शाखा स्थापना भएकाे थियाे ।
पाल्पा शाखा ३० औं स्थापना दिवसका अवसरमा संस्थापकहरु र पाल्पा शाखाका पुर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पुरीले प्रवाह बुलेटिनको विमोचन, वेभसाइटको सार्वजनिक गर्नुभयो । महासचिव पुरीले भन्नुभयाे कार्यक्रममा फेसबुकमा लेखेका कुरा सबै समचार होइनन्, दलहरुले पत्रकारहरुलाई राजनीतिकरण गरेकाे अाराेप पनि छ। पत्रकार महासघको विधानले पत्रकारलाई दलमा रहन नपाउने व्यवस्था, पाल्पा मार्फत स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरु सदस्यता छोडेर जानु अनुरोध गर्नुभयाे । पत्रकारहरूलाइ राजनीतिक दलबाट आवद्धता होइन, श्रमजीवी पत्रकारहरुको साँझा संस्थाको रुपमा पहिचान बनाउन र सरकारी मिडियालाई जनमुखी बनाउनुपर्नेमा पुरीकाे जाेड थियाे ।
संस्थापक अध्यक्ष मेघराज शर्माले पाल्पामा शाखा स्थापना गर्न २० जना सदस्य नपुगेर गुल्मीबाट एक जना पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाउनुभयो । उहाँले नेपाल पत्रकार महासघ पाल्पा शाखाका अध्यक्षहरुले केही न केही काम गरी रहनुभएकोले बताउनुभयो । पाल्पाको पत्रकारिकता निष्ठा, इमान्दारिकता पत्रकारिकता लागि पहिचान बनाएको उहाँले बताउनुभयो । निष्ठा र आदर्श पत्रकारिकता क्षेत्रमा पाल्पा शाखा केन्द्रबाट सम्मान भएको उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रताका पक्षमा बोलिरहनुपर्ने छैन, व्यवहारमा देखाउनुपर्ने उहाँले बताउनुभयो । निष्पक्ष भाषण गरेर पनपक्षको व्यवहार गरिरहने चलनको अन्त्य गरी निष्पक्ष व्यवहार गर्नुपर्ने हुन्छ ।
प्रदेश सभा सदस्य नारायण आचार्यले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गरी स्थानीय मिडिलालाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले विज्ञापन वितरण प्रणाली केन्द्रीकृत रहेकोले यसलार्ई समानुपातिक रुपमा वितरण गर्न माग गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
तानसेनका नगरप्रमुख अशोक कुमार शाहीले पत्रकारिता नहुँदा सूचना विहिनता जस्तो समाज हुने बताउनुभयो । पाल्पाका पत्रकारहरुको उचाई अन्य क्षेत्रका पत्रकारहरुको भन्दा फरक हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले झोलामा रहेको पत्रकार महासघको भवनलाई निर्माणमा नगरपालिकाले सहयोग गर्नुभयो । उहाँले तानसेन नगरपालिकाले पत्रकारको क्षमता विकास तथा पत्रकारहरुको हितका काम गरिरहेको बताउनुभयो । पत्रकार र पत्रकारिता क्षेत्रको प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिकतामा पक्षधरताले पत्रकारिकता क्षेत्रका लागि बाधक हो । पत्रकारहरुले सत्य तथ्य, जनताले देखेका विषयबस्तुहरु उठान गर्नुपर्ने उहाँले बताउनुभयो ।
रामपुर नगर उप प्रमुख विष्णुदेवी आचार्यले समाजमा देखिएका सबै प्रकारका कमीकमजोरीहरु सञ्चार माध्यमले उठाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, दलहरुका कमीकमजोरीहरु उठान गरी सुधार गर्नुपर्ने बताउनुभयो । समाजमा सबै भन्दा बढी पत्रकारिता क्षेत्रलाई सम्मानको आवश्यक रहेको उहाँले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानीय तहका कामहरुको पत्रकारहरुले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिकतामा लागेका व्यक्तिहरुलाई समाजमा परिचित हुनुपर्ने बताउनुभयो । पाल्पाका पत्रकारहरुले लेखन राम्रो हुनुपर्ने उहाँले बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्थले सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरु परिवर्तनका संवाहक पनि हुनुहुन्छ । पत्रकारिता गर्ने पत्रकारहरुमाथि जोखिम पनि उतिकै मात्रामा रहेको पाइन्छ । गणतन्त्र नेपालमा पत्रकारिकता गर्ने पत्रकारहरु माथि जोखिम कम हुँदै गएको छ । पत्रकारिकता विश्वसनिय हुनुपर्ने कुरामा प्रजिअ पन्थले जोडदिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला अध्यक्ष हिमालदत्त श्रेष्ठले नेपाल पत्रकार महासघ पाल्पा शाखाको तीस वर्षे यात्रा पुरा गरेको इतिहास रहेको बताउनुभयो । वास्तविक पत्रकारहरुको महासघबाट छुटेका पत्रकारलाई आवद्ध गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारहरुले उचित पारिश्रमिक पाउन नसकेको अवस्था रहेको बताउनुभयो । पत्रकारिकता क्षेत्र धरासायी हुने अवस्था रहेकोले स्थानीय तहको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेकपमा माओवादी केन्द्रका जिल्ला सदस्य मथुरा ढकालले प्रवाह बुलेटिनबाट पाल्पाको पत्रकारिकता सम्वन्धि ज्ञान हासिल गर्न सकिने बताउनुभयो । हाम्रो परम्परागत पत्रकारितालाई नयाँ डिजिटल पत्रकारिकताले विस्थापित गरेको उहाँले बताउनुभयो । सूचना प्रविधिमा आधारित पत्रकारिकताका माध्यमबाट अगाडि बढ्दा पत्रकारिकता पेशा जोगाउन सकिने उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)ले नेपाल पत्रकार महासघले जनयुद्ध देखि विभिन्न समयमा खेलेको भूमिकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको सुन्दरपक्षहरु अनुसरण गरी अघि बढ्नुपनेृ उहाँले बताउनुभयो ।
जनता समाजवादीका जिल्ला अध्यक्ष नवीन सुनुवारले पाल्पाका पत्रकारहरुले अग्रगामी परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले स्वतन्त्रत पत्रकारिकता जोगाउन पत्रकारहरुको साथ सहयोग गर्नुपर्ने बताउनुभयो । पाल्पाली जनता सुनका थालमा बसेका जनता हुन, उनीहरुको पक्षमा कलम चलाउनुपर्ने उहाँले बताउनुभयो । समाजमा वर्ग र वर्णका आधारणमा विभेद रहेकोले त्यसको चिरफार गर्न पत्रकारको कलम चलाउनुपर्ने उहाँले बताउनुभयो ।
राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले मुलुकाको परिर्वतन, जनतालाई चेतना वृद्धि तथा राम्रा काम सार्वजनिक गर्न मिडियाको भूमिका प्रभावकारी हुने बताउनुभयो । उहाँले पत्रकारहरुको राजनीतिक आस्था राखेपनि पत्रकारितामा आस्थाको झल्को देखिन नहुने बताउनुभयो ।
रामोर्चाका पूर्व अध्यक्ष विशाल दर्लामीले नेपालको राजनैतिक परिर्वतनका खातिर पत्रकारहरुको गौरवमय इतिहास रहेको बताउनुभयो । पाल्पाको राजनैतिक परिवर्तनका पत्रकार जगतको उल्लेखिय सहयोग र इतिहास रहेको उहाँले बताउनुभयो । पत्रकारिकताको मुख्य कर्मबाट बाहिर गएको भन्ने चिन्ता नागरिकमा आएकोले सही दिशामा पत्रकारिता गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारलाई पत्रकारका रुपमा चिनिने भन्दा पनि नेताका रुपमा परिचय बनाउन थालेकोले प्रतिको कार्यले पत्रकार आचायसंहिता विपरित भएको उहाँले बताउनुभयो ।पत्रकारिकता गौरवपूर्ण तथा चुनौती पूर्ण पेशाका रुपमा रहेको र यसलाई जनपक्षिय बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पाल्पाली पत्रकारहरुको लागि जीवनवृद्धि, समानुपातिक विज्ञापन, नेपाल पत्रकार महासघको सवलीकरणमा सहयोग आवश्यक रहेको छ । पूर्व अध्यक्ष झपेन्द्र गहिरेले दल र पत्रकारहरु एकजुट भई राजनैतिक परिवर्तन सम्भव भएको बताउनुभयो । पाल्पाको पत्रकार महासघ दम भएको नागरिक समाज भएको उहाँले बताउनुभयो । उहाँले सबैको साझा संस्थाहरुको रुपमा नेपाल पत्रकार महासघ रहेको अवगत गराउनुभयो ।
संस्थापक देवी प्रसाद बस्यालले महासंघका सदस्यले संस्थागत हितका लागि मात्र काम गर्नुपर्ने बताउनुभयो । महासघका अगुवाई केही विशिष्ट काम गर्न वातावरण सिर्जना होस भनी शुभकामना व्यक्त गर्नुभयो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पाको विकासमा पत्रकारिकता क्षेत्रको सहयोगको आवश्यक रहेको बताउनुभयो । पत्रकारले राम्रो लेखिदिए पाल्पाको पर्यटन क्षेत्रको विकास हुने उहाँले बताउनुभयो ।
सल्लाहकार कमल तिमिल्सेनाले पाल्पाको परिर्वतनमा अग्रणीय भुमिका खेलेका पत्रकारिता क्षेत्र अप्ठारो पर्दा स्थानीय तहहरु सम्वेदनशिल नभएको बताउनुभयो । स्थानीय मिडियाको सवलीकरणमा स्थानीय तहको विशेष चासो राख्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकार महासघको संस्थागत विकासका लागि टेवा दिन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष भरत शर्मा र सञ्चालन सचिव यज्ञमूर्ती तिमिल्सेना, कार्यक्रमको अध्यक्षता अध्यक्ष रेखीराम रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस