हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते

हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते


पाल्पा, पुस १९
पाल्पाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार बिहान ७ बजे हेक्लाङ्गबाट तानसेन आउदै गरेको लु १ ज २६०७ नम्बरको जीप दुर्घटना भएको हो ।
घाइतेलाइ थप उपचारका लागि तानसेन पठाइएको छ । जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घाईते हुनेहरु मध्ये पूर्बखोला ६ हेक्लाङ्गका बर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भिर रहेको ताँहु प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भोल कुवाँरले जानकारी दिनुभयो । अन्य घाईते हुनेहरुमा सोहि स्थानका बर्ष १९ का चिरन्जीबि सारु,बर्ष २९ का प्रेम सिंजाली,बर्ष ३० का टेक बहादुर पल्ली र सोहि स्थानकै बर्ष ४६ की पबिसरा सारु रहेको ताँहु प्रहरीले जनाएको छ ।
जीप खराब सडकमा खाल्टोमा परि स्ट्रिङ्ग फेल दुर्घटना भएको प्रहरीले जनाएको छ । फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस