एमाले पाल्पा अध्यक्षका आकांक्षीहरु, कसकाे सम्भावना !

एमाले पाल्पा अध्यक्षका आकांक्षीहरु, कसकाे सम्भावना !

पाल्पा, पुस १७

नवौं जिल्ला अधिवेशनले नेकपा एमाले पाल्पा तरङ्गित भएकाे छ । पुस २३ गते हुने जिल्ला अधिवेशनले जिल्लामा राैनक ल्याएकाे छ ।

जिल्ला अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीबाट प्रतिनिधिहरु चयन भएका छन् । जिल्लाका १० स्थानीय तहहरुबाट २ सय वढी प्रतिनिधिहरु छनौट हुने नेकपा एमाले पाल्पाले जनाएकाे छ । जिल्ला अधिवेशन मूल आयोजक कमिटी र स्थानीय तहहरुबाट छनौट हुने प्रतिनिधिहरुले जिल्ला अध्यक्ष सहितका पधादिकारीहरु चयन गर्ने नेकपा एमाले पाल्पाले जनाएको छ ।

नेकपा एमाले विभाजन भएपछिकाे जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हुँदा यसलाइ महत्वपूर्ण रूपमा एमाले कार्यकर्ताहरूले लिएका छन् । अध्यक्षको आकांक्षीहरु समेत बढि देखिएका छन् । नेकपा एमाले पाल्पाका वर्तमान जिल्ला अध्यक्ष नारायण आचार्य, पूर्व जिल्ला अध्यक्ष देवी प्रसाद बस्याल, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, वर्तमान जिल्ला उपाध्यक्ष मोहन थापा मगर र वर्तमान जिल्ला सचिव ओम बहादुर घर्ती मगर अध्यक्षका आकांक्षीहरुका रूपमा रहेकाे बताइएकाे छ ।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दा अाचार्य वा बस्यालकाे सम्भावना बढी देखिएकाे एक नेताले बताए । पार्टीमा धेरै याेगदान गरेका साथीहरू अरू पनि धेरै रहेकाेले लाेकतान्त्रिक अभ्यास हुने सम्भावना पनि देखिन्छ, उनले भने । पार्टीकाे सिद्दान्त र अास्थामा अविचलित सक्षम नेतृत्व चयन हुने एमाले पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले बताए ।

अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला उपाध्यक्ष मोहन थापाको संयोजकत्वमा ७ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जिल्ला पार्टी अध्यक्ष नारायण आचार्य संयोजक रहेको प्रतिवेदन लेखन समितिमा राधाकृष्ण कंडेल, धनेन्द्रराज घिमिरे, झपेन्द्रबहादुर जिसी, यादवबहादुर रायमाझी, देवीप्रसाद बस्याल रहेका छन् । गठित उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसारको तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ । मुक्तिलाल कालीराज संयोजक रहेको प्रतिनिधि व्यवस्थापन समितिको सदस्यमा रामजी पोखरेल, झलक रायमाझी, दिपक विश्वकर्मा, कृष्ण श्रेष्ठ, नवीन थापा, रामप्रसाद ढकाल, जीवन आचार्य, महेन्द्र जिसी, छवि भट्टराई रहेका छन् । टंक पन्तको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिमा सन्तोष खनाल, जोगलाल विक, विनोद कार्की, नारायण ज्ञवाली, रामप्रसाद ढकाल, लक्ष्मी ढुङ्गाना चर्तुभुज नेपाल, जीतबहादुर लामिछाने सदस्य रहेका छन् ।

आवास तथा खाद्य व्यवस्थापन समितिको संयोजकमा रामप्रसाद पोखरेल सदस्यमा हरिसुमर रेग्मी, विनिता लुईटेल, कासिका गैरे, कल्पना भण्डारी, श्याम कार्की, मोहन सापकोटा, गणेश अर्याल, विष्णु भण्डारी, माधव बस्याल, सन्तोष अर्याल, बालकृष्ण बस्याल, कमल दर्लामी, इन्द्र पौडेल रहेका छन् । अतिथि सत्कार समितिको संयोजकमा काशिका गैर सदस्यमा मिरा मरासिनी, बिनिता लुईटेल, मैयादेवी घिमिरे, शशी श्रेष्ठ, कमला भण्डारी, बुद्धिसरा सुनार, विमला वौडेल, ढाकाकुमारी पंगेनी, यमकुमारी रुचाल, भवानी गौतम, मेनका सापकोटा रहेका छन् । माइन्यूट समितिको संयोजकमा रामबहादुर राउत, सदस्यमा हरिप्रसाद घिमिरे, तिलक सापकोटा, केशव केसी, भिमलाल बस्याल, हरि घिमिरे, टिकाराम ढकाल, सुरेस गौतम, डोलराज पाण्डे, हिरा आचार्य रहेका छन् । मञ्च व्यवस्थापन समितिको संयोजकमा रामजी पोखरेल सदस्यहरुमा गुँरास आत्रेय, सोमनाथ अर्याल, बिनिता लुईटेल, पदम घर्ती, माधव पाठक, प्रेम पंगेनी, हरिसुमर रेग्मी, तुलबहादुर गाहा, तारा थापा, गीता बस्याल, श्याम कार्की, जमुना भट्टराई, चिन्तामणी भट्टराई रहेका छन् ।

यस्तै स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा टिकाबहादुर थापा सदस्यमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुका सदस्य गरी ३१ जना रहेका छन् । तानसेन नगर कमिटीका अध्यक्ष गुँरास आत्रेयको संयोजकत्वमा प्रचार–प्रसार समितिको सदस्यमा प्रचार विभागका सदस्यसहित प्रेस चौतारी नेपाल पाल्पा सम्पूर्ण पदाधिकारी र सदस्य रहेका छन् । आर्थिक समितिको संयोजकमा वर्तमान पाटी जिल्ला सचिव ओमबहादुर घर्ती मगर, सदस्यमा मुक्तिलाल कालिराज, विमल काफ्ले, नरबहादुर सुनारी, विष्णु रेग्मी, जीवन आचार्य, योगेन्द्रकुमार गैरे, तेजबहादुर घर्ती, हरि पाठक, प्रेम श्रेष्ठ, गुँरास आत्रेय, अर्जुन विक, रामप्रसाद ज्ञवाली रहेका छन् । सहभागिता समितिको संयोजकमा बिनिता लुईटेल र सदस्यमा सरस्वती चिदी, राजेशकुमार अर्याल, ताराबहादुर थापा, मानध्वज दर्लामी, तुल्सी भुषाल, सोमबहादुर झेडी, टेकनाथ गैरे, बलबहादुर थापा, ताराबहादुर सारू, बोमबहादुर ठाडा, गणेश अर्याल, कुलबहादुर नगरकोटी, श्रीकृण पाण्डे, थमन राना रहेका छन् । यमबहादुर चिदीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ । जसको सदस्यहरूमा रेमबहादुर दिशा, मोहन ढकाल, झपेन्द्र न्यौपाने, रामलाल श्रेष्ठ, टंक भट्टराई, चन्द्रतारा बस्याल, सुनिल अधिकारी रहेका छन् ।

साँस्कृतिक समितिको संयोजकमा दिनेश रावल सदस्यहरूमा इन्द्रा गहतराज, हुम गैरे, रामप्रसाद अर्याल, सोमनाथ अर्याल, धनपति गैरे, पदम पौडल रहेका छन् । जिल्ला अधिवेशनको क्रियासिल सदस्यहरुबाट ७ सय जना प्रतिनिधिहरु चयन हुनेछन् । पाल्पामा नेकपा एमालेका ७ हजार ५ सय संगठित सदस्य रहेको प्रचार विभाग प्रमुख गुँरास आत्रेयले बताए ।

प्रतिक्रिया दिनुहोस