हाेण्डाको पन्ध्र लाखको बम्पर उपहार रामपुरकी श्रेष्ठलाई

हाेण्डाको पन्ध्र लाखको बम्पर उपहार रामपुरकी श्रेष्ठलाई

–सुशीला रेग्मी
रामपुर (पाल्पा), पुस १७

होण्डा कम्पनीले यस वर्षको दशैँ तिहारमा ल्याएको बम्पर उपहारका विजेता पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई पन्ध्र लाख रूपैयाँकाे चेक प्रदान गरिएको छ ।
स्क्राच कुपनमार्फत सात प्रदेशबाट भाग्यशाली सात जनालाई रु एक लाख नगद उपहार र बम्परमा एक जना भाग्यशाली विजेतालाई रु पन्ध्र लाख नगद उपहार योजना ल्याएको कम्पनीका क्षेत्रीय प्रबन्धक राजाराम खनालले बताउनुभयो ।
सो योजना अन्र्तगत नयाँ स्कुटर खरिदमा प्राप्त स्क्र्याच कुपनमा देशैभरका ३० हजार मध्येबाट रामपुर नगरपालिका ८ एक्लेटार बस्ने सावित्रा श्रेष्ठले रामपुर बेझाड बजार स्थित होन्डा सोरुम एसटी आटोमोबाईल्सबाट बम्पर उपहार जित्नु भएको छ ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले बम्पर उपहार विजेता श्रेष्ठलाई रु पन्ध्र लाखको चेक हस्तान्तरण गर्नुभयो । बम्पर उपहार पर्नु रामपुरवासीको लागि खुशिको कुरा रहेको बताउनुहुदै यस उपहारले साधन खरिद गर्ने ग्राहक बढ्ने र ग्राहकलाई विश्वास दिलाउने बताउनुभएको छ ।
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशै तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको
योजना अन्तर्गत प्रदेश १ बाट रविना चौधरी विजेता, प्रदेश नम्बर २ बाट रामप्रकाश यादव, बागमती प्रदेशबाट अनिता मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अनप्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले नगद रु एक लाख उपहार प्राप्त गरेका छन् ।
होन्डाले यस योजना अन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले सात वर्षको लागि स्पेयर पार्ट्समा सात प्रतिशत छुट र सात वर्षसम्मका लागि नौ वटा बोनस सर्भिस कुपन प्राप्त गरेको रामपुरका आधिकारिक बिक्रेता गोपाल अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी होन्डा बिग बाइक खरिद गर्ने सबैले ४० हजार रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गरेका छन् । होन्डाले यो योजना गत भाद्र २७ देखि मंसिर १४ सम्म लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस