एक स्कूले बालकले पढ्नुपर्छ भनेर बिजुलीको लाइक काटिदिन विद्युतका कर्मचारीलाई फोन गरेको अडियो भाइरल बनेको छ ।
अडियो भारतको हो । विद्युत् विभागमा फोन गरेर ती बालकले साँझ ६ बजे ट्युसन पढाउन म्याम आउने भएकाले ६ बजेपछि लाइन काटिदिन आग्रह गरेका हुन् । ती बच्चाले भनेका छन्– अंकल लाइन काट्दिनुस् न प्लिज । ६ बजे ट्युसन पढाउनका लागि म्याम आउनुहुन्छ । मैले होमवर्क गरेको छैन ।
आफ्नो हातमा चोट लागेकाले होमवर्क नगरेको उनले बताएका छन् । ‘हातमा चोट लागेको भनेपछि त म्यामले केही गर्नुहुन्न नि’ भन्ने कर्मचारीको जवाफमा ती बालकले ‘म्यामले मान्नुहुन्न, एकदमै स्ट्रिक्ट’ हुनुहुन्छ भनेका छन् ।
फेरि ती बालकले आग्रह गर्छन्– अंकल लाइन काटिदिनुहुन्छ नि ?
कर्मचारीले जवाफ दिन्छन्– कोशिश गर्छु ।
बालकले फेरि भन्छन्– कोशिश होइन अंकल, काटिदिनुस् न प्लिज । बरु तपाईंलाई कति चाहिन्छ, म दिन्छु ।
कर्मचारीले ‘कमसेकम १० हजार त चाहिन्छ’ भन्ने जवाफ दिन्छन् ।
त्यसपछि ती बालकले भनेका छन्– १० हजार होइन, म तपाईंलाई २० हजार दिन्छु । लाइनचाहिँ काटिदिनुस् ।
ती कर्मचारीले सोध्छन्– २० हजार भनेको कति हो तिमीलाई थाहा छ ?
जवाफमा ती बालक भन्छन्– मसँग ३० हजार छ, अंकल । मैले जम्मा गरेर राखेको छु ।
फेरि ती बालकले भनेका छन्– लाइन काटिदिनुस्, प्लिज । म २० हजार ल्याइदिन्छु ।
ती कर्मचारीले भन्छन्– मलाई ज्वरो आएको छ भन्देऊ न ।
जवाफमा बालकले भनेका छन्– म्यामले मान्नुहुन्न । थर्मामिटरले नाप्नुहुन्छ ।
उनले अन्तिममा ल ठीक छ म लाइन काटिदिन्छु भनेर बच्चालाई सान्त्वना दिन्छन् ।
बालकले ती कर्मचारीलाई धन्यवाद दिँदै आफूले २० हजार ल्याइदिने वाचा गरेर फोन राखेका छन् ।
अडियो सुन्न यो लिंकमा जानुहोस् ।