गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगीता हुदै

गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगीता हुदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ पुस
गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतीयोगीता कार्यक्रमका सन्दर्भमा मंगलवार पत्रकार भेटघाट कार्यक्रम भएको छ । मुनस्टार युवाक्लब रामपुर नगरपालिका ६ माझटोल पाल्पाको आयोजनामा आउँदो पुस १६ गतेदेखि खुल्ला भलिबल प्रतीयोगीता कार्यक्रम गर्दैछ । खेल संयोजक राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा कार्यालयमा खेलमा चासो दिएर आउनेलाई केही न केही सामग्री दिएर पठाउने गरेको बताउनुभएको छ ।
पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, पत्रकार बन्दना पोखरेलले बोल्दै आफ्नो गाउँ ठाउँ चिनाउन पनि क्लबले महत्वपूर्ण भुमिका खेल्ने बताउनुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । प्रचार प्रसार संयोजक देवराज पंगेनीले कार्यक्रमबारे जानकारी दिनुभएको कार्यक्रममा सहभागीलाई धन्यवाद क्लबका सल्लाहकार बासुदेव ढकालले दिनुभएको हो । कार्यक्रम संचालन क्लबका सदस्य सुदिप गैरेले गर्नुभएको हो ।
प्रतीयोगीतामा पुरुषतर्फ प्रथम, द्धित्तिय र तृतीय पुरस्कार क्रमश नगद ः ३० हजार, २० हजार र १० हजार रहेको छ भने महिलातर्फ प्रथम र द्धितीय पुरस्कार क्रमशः १० हजार र ५ हजार रहेको छ । खेल रामपुर ६ माझटोल खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस