सानो पुँजीबाट उद्यम गर्नेहरु बढेः नगरप्रमुख थापा

सानो पुँजीबाट उद्यम गर्नेहरु बढेः नगरप्रमुख थापा

नवप्रतिभा साकोसकाे २४ औँ साधारण सभा
सुशीला रेग्मी
रामपुर (पाल्पा), १० पुस
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २४ औँ वार्षिक साधारण सभा रामपुरमा सम्पन्न भएकाे छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्नुहुदै सहकारीले नागरिकको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले अहिले गाउँघरमा सहकारीको पहुँच पुगेसंगै नागरिकले सहज रुपमा आर्थिक कारोबार गर्न पाएका छन् भने सानो पुँजीबाट उद्यम गर्नेहरु बढेको बताउनुहुन्छ ।

नगर उपप्रमुख विष्णुददेवी घिमिरे आचार्यले सहकारीमा महिलाको बाहुल्यता रहेको बताउनुहुदै वचत गर्ने बानीले भबिष्यलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले संस्था स्थापना गरेर मात्र हुदैन, त्यसलाई संरक्षण र व्यवस्थापन गर्न सकियो भने राम्रो प्रतिफल लिन सकिने बताउनुहुन्छ ।
कार्यक्रममा शहीद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष देवराज ढकाल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बोल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभयो ।
कार्यक्रमका अवसरमा संस्थाको विकास संगै पूँजी बृद्धिमा योगदान पु¥याउनुभएका व्यक्ति, उत्कृष्ट वचतकर्ता, केन्द्र, उत्कृष्ट व्यवसायी, ज्येष्ठ नागरिक, शेयर सदस्य, विद्यार्थीलाई सम्मान गरिएको छ । संस्थाका कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले स्वागत गर्नुहुदै सहकारीले संचालन गरेका गतिबिधिबारे जानकारी गराउनुभएको छ ।
संस्थाका अध्यक्ष चन्द्रमणी खरेलले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन सह सचिव जोगमाया महत्तो, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष सापकोटा, लेखा सुपरिवेक्षकको प्रतिवेदन संयोजक आनन्दराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका बरिष्ठ प्रबन्धक बिमला पाठकले गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ । यस संस्थामा हाल चालिस हजार भन्दा बढी सेयर सदस्य आबद्ध छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका आरुङ्गखोलामा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन भरपुर सम्म कार्यक्षेत्र बिस्तार गरी सेवा दिएको छ ।
गाउँका २७ जना युवाहरु मिलेर रु चार सय उठाएर स्थापना गरिएको सहकारीले २४ औँ वार्षिक साधारण सभा सम्म आइपुग्दा धेरै प्रगति गर्न सफल भएको छ । संस्थाले ३२ वटा सेवाकेन्द्रमार्फत नागरिकलाई सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस