त्रिभुवन क्याम्पसकी छात्रा शाहीकाे समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलाे

त्रिभुवन क्याम्पसकी छात्रा शाहीकाे समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलाे

पाल्पा, पुस ४

त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीहरूकाे समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलाे भएकाे छ । निकिता शाहीको टिम पहिलो भएको हाे । साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भारत, बङ्गलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए ।

त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औँ सेमेस्टरमा अध्ययनरत शाहीको समूहले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । शाहीले ८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिसर्चले अवार्ड जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पस बीबीएमका निर्देशक राजेश्वर उदयले बताए । आठ वटा टिमका बीचमा भएको अनुसन्धानमा  पाल्पाकी छात्राले अवार्ड जितेकोमा त्रिभुवन क्याम्पससंगै  पाल्पाली विद्यार्थीको सिर उचो भएको निर्देशक उदउले बताए ।

सन २०१९ बाट सुरु भएको उक्त समिट यस पटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । हरेक टिममा प्रत्येक देशका एक जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस