लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम माथागढीमा मनाइयाे

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम माथागढीमा मनाइयाे

माया बस्याल, मंसिर २४

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम १५ अाैं दिन चिदीपानीकाे समुदायमा अन्तक्रिर्या कार्यक्रम सहित ८ वडामा अभियान गरेर मनाईएकाे छ । माथागढी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको अायाेजना बेस नेपाल सुअाहारा कार्यक्रमकाे सहयोग यवम् माथागढी गाउँपालिका वडा नम्बर ५ हात्तिलुङ्गकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रमका अध्यक्ष  एवम् वडा नम्बर ५ का वडा अध्यक्ष  बेलबहादुर ढेंगाले समुदायमा अझै हिंसा छ, हामीले धेरै अभियान सञ्चालन गरेता पनि अझै निर्मुल हुन नसकेको साथै हिंसालाई अा अाफ्नाे घरबाटै हटाउनु पर्ने कुरामा जाेड दिदै , मानिसहरूलाई पारिवारिक सम्बन्ध पनि खेलाउना जस्तो भएकोले गर्दा धेरै समस्या निम्त्याएको छ गत वर्ष मात्रै पनि वडा कार्यालयबाट ५ वटा सम्म सम्बन्ध बिच्छेदका निवेदन जिल्लामा पठाईएकाे जानकारी समेत गराउनु भएको थियो । 
कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि निर्मला भट्टराईले महिलाहरुकाे अधिकारमा पहुँच त पुगेको तर पनि अझै सहने बानी परिबन्दले बाधिएर बस्नु पर्ने बाध्यताले गर्दा हिंसा सहनु पर्ने बाध्यतामा परेका महिलाहरु र अाज भाेली बिगि्रएको सामाजिक परिवेशले पारेको प्रभावले पुरुषलाई समेत हिंसा सहन बाध्य हुनु परेको सामाजिक परिवेशलाई सबै मिलेर हटाइ नमुना समुदाय बनाउन जाेड दिनुपर्ने कुरालाई जाेड दिनु भएको थियो । साथै महिला पनि न्यायकाे पहुँचमा धेरै माथि पुगेको तर पनि कतिपय अवस्थामा हिंसा सहनु पर्ने हुदा अब हिंसा नसहने साथै हिंसालाई अाफ्नाे घरबाटै हटाउदै जानुपर्ने बताउनु भएको थियो ।

कार्यक्रमका अवसरमा कार्यक्रमका विशिष्ट अतिथि  गाउँपालिका सदस्य विद्याकुमारी सिंजालीले हिंसामा  महिला मात्रै नभई पुरुष पनि पर्ने गरेको सामाजिक परिवेशलाई अाैल्याउदै समाज रुपान्तरण गर्नुपर्ने र रुपान्तरणमा हामी सबै लाग्नु पर्ने कुरामा जाेड दिनु भएको थियो ।
कार्यक्रम अवसरमा विशिष्ट अतिथि एवम् ४ नम्बर वडा अध्यक्ष तथा गाउँपालिका परभ्कक्ता मधु पराजुलीले  हिंसा नसहन र देखेमा प्रतिकार गर्ने अाग्रह सहित कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सचेतना कार्यक्रमका प्रशिक्षक माया बस्यालले यस बर्षकाे राष्ट्रिय नारा ” घरबाट सुरु गराैं,महिला हिंसा बन्द गराैं” नारालाई अात्मसात गर्दै हिंसा घरबाटै सुरु हुने र त्यो हिंसा राेक्न नसकेकोमा सामाजिक परिवेशमा नै विकराल रुप लिने र सबै हिंसाको परिणाम मानसिक हिंसा हुने र मानसिक हिंसाले अात्महत्या गराउने हुदा हिंसात्मक क्रियाकलाप र हिंसाका घटनालाई बेलैमा समाधान गर्न र सकारात्मक साेचकाे विकास समुदायमा गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो । साथै घरेलुु हिंसा भित्र पनि विभिन्न हिंसाहरु हुनेहुदा हिंसालाई निराकरण गर्न , म हिंसा गर्दिन , म हिंसा सहन्न,र हिंसा देखेमा प्रतिकार गर्छु अावाज उठाउछु भन्ने प्रतिबद्धता सहित प्रशिक्षणलाई पूर्णता दिनुभएको थियो 
प्रशिक्षक यवम् महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा संयाेजक पुनम चिदिले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम नेपालमा मनाउन थालिएको सुरुवाती अवधारणा सहित  हिंसा भएको थाहा पाएमा ९० दिन भित्रै उजुरी दिनु पर्ने , हिंसाका प्रकारहरु , बालविवाह ,बहुविवाह जस्ता घटनाले निम्त्याएको  हिंसा थाहा पाउने माध्यमकाे पाटाेलाई सैद्धान्तिक रुपमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट मनुमाया बाकाबल र नुर बहादुर खाम्चा तथा चेत बहादुर खाम्चा   कार्यक्रममा सहभागी हुन पाएकाे र अघिल्लो वर्ष यस्तो कार्यक्रममा अाफु सहभागी हुन नपाउदा दुख लागेको भन्दै  कार्यक्रम निकै प्रभावकारी रहेको साथै अाफुले सिकेका कुरा समुदायमा पनि सिकाउने साथै हिंसा नसहने प्रतिकार गर्ने जस्ता कुराहरुमा प्रतिबद्धता समेत जनाउनु भएको थियो ।कार्यक्रमका अवसरमा म हिंसा गर्दिनँ , म हिंसा सहन्न, र देखेमा प्रतिकार गर्छु , अावाज उठाउछु भन्ने प्रतिबद्धता पत्रमा सबै सहभागी टिम अतिथि लगाएतले प्रतिबद्धता जनाउनु भएको थियो ।
 अध्यक्ष  बाट  व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा महिला पुरुष गरेर१३ र महिला ४२ जना गरि  ५५ जनाकाे  सहभागीता रहेको कार्यक्रममा वडा सदस्य माेतिसरा घर्तीले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।।

प्रतिक्रिया दिनुहोस