अरबौँको सेयर बेचेर पनि मस्कसँग पहिले भन्दा बढी कसरी ?

अरबौँको सेयर बेचेर पनि मस्कसँग पहिले भन्दा बढी  कसरी ?

सीएनएन । विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी, टेस्लाका मालिक एलन मस्कले पछिल्लो समय अरबौँ डलर बराबरको कम्पनी शेयर विक्री गरि चर्चामा आएका थिए । तर त्यत्तिका शेयर विक्री गर्दा पनि उनीसँग पहिलेको भन्दा ५ लाख ६४ हजार बढी शेयर रहेको छ । यस्तो कसरी भयो त ?

उनको फाइलिङको विश्लेषण हेर्दा उनले टेस्लाको शेयर बेच्ने भनेर ट्वीटरमै पोल राख्दै घोषणा गरेपनि वास्तवमा यसलाई पूर्ण रुपमा अपनाएका छैनन् । अहिलेसम्म उनले १ करोड शेयर विक्री गरिसकेका छन् जसमा उनले भने अनुसार १० प्रतिशतको लक्ष्य पूरा गर्न अझै थप ७० लाख शेयर आवश्यक पर्नेछ । 

यसरी मस्कले शेयर बेच्दै गर्दा आफ्नो अर्को अधिकारको पनि प्रयोग गरिरहेका छन् जसमा उनले अतिरिक्त स्टक किन्न पाउँछन् । र यति मात्र नभएर उनले उक्त शेयर प्रति ६.२४ डलरको बार्गेन मूल्यमा खरिद गरिरहेका छन् । यो भनेको टेस्लाको वर्तमान शेयर मूल्यको १ प्रतिशत भन्दा कम हो । 

यसरी मस्कले नोभेम्बर ६ मा शेयर बेच्ने सम्बन्धी पोल राखेदेखि टेस्लाको १ करोड ७ लाख शेयर खरिद गर्ने आधिकारिक विकल्पको अभ्यास छन् । उनीसँग यो विकल्पको प्रयोग गर्न अगस्ट २०२२ सम्मको समय थियो । र टेस्लाले मस्कलाई यस किसिमका अझ धेरै विकल्प दिलाउने देखिएको छ । 

टेस्ला कम्पनीको शेयरले नै मस्कलाई दुनियाँकै सबैभन्दा धनी व्यक्ति बनाएको हो । 

शेयर बेच्नु पछाडिको मुख्य कारण यस्तो 

साथै मस्कले अब नयाँ खदिर गरेको शेयर सम्बन्धी पनि ५ अर्ब डलर बराबर कर तिर्नुपर्ने हुन्छ । त्यसैले कर तिर्नका लागि भनेर पनि उनले विशेष रुपमा शेयर बेचेको बताइएको छ । सो रकमले उनले तिर्नुपर्ने करको भर्पाइ गर्नेछ । 

यसरी मस्कले आगामी वर्ष पनि शेयर किनबेच सम्बन्धी यो अतिरिक्त विकल्प अपनाउने योजना बनाएका छन् । उनीसँगै अझै १ करोड २२ लाख डलर बराबरको उक्त विकल्प एक्सपायर भएको छैन । 

त्यसैले उनले भर्खर खरिद गरेको ५३ लाख शेयर कर तिर्न फेरि बेचिहाले भनेपनि उनीसँग आजको भन्दा ७० लाख बढी शेयर हुनेछ । 

तर मस्कले आफूले हालसालै खरिद गरेका शेयर बेचिरहेका छैनन् । अन्य कम्पनी प्रमुखहरुले चाहिँ यो विकल्प प्रयोग गर्दा खरिद गर्दै बेच्ने गरेको पाइन्छ । 

यसरी छिटै मिती पुग्ने वैकल्पिक छनोटको प्रयोग गरिसकेपछि चाहिँ मस्कसँग यो प्रक्रिया सुरु हुनु अघिको भन्दा थोरै शेयर हुनेछ । तर ती विकल्प २०२८ मा मात्र एक्सपायर हुने हुँदा उनले छिटै त्यसको प्रयोग गर्ने देखिँदैन । 

sarbottam cement

किनकी आगामी वर्षहरुमा मस्कका लागि यस्ता छनोट अझ बढ्दै जानेछन् । 

प्रतिक्रिया दिनुहोस