नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली भारी मतान्तरका साथ एमाले अध्यक्षमा दोस्नो पटक निर्वाचित भएका हुन्।ओलीले भीम रावललाई पराजित गरेका हुन्।स्रोतका अनुसार,गणना भएको कुल २ हजार ९६ मत मध्ये ओलीले १८०८ र रावलले २१३ मत प्राप्त गरेका छन्।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेका ओलील यो अधिवेशनमा उपाध्यक्ष समेत रहेका भीम रावललाई पराजित गर्दै चार वर्षे कार्यकालमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले औपचारिक मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ ।यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।

नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन् । लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस