पाल्पाकाे राजमार्गका हाेटल अनुगमन

पाल्पाकाे राजमार्गका हाेटल अनुगमन

पाल्पा, मंसिर १२

पाल्पा जिल्लामा पहिलो पटक (वयल टेस्टाेमिटर) प्रयोग गरि राजमार्गमा अवस्थित होटल रेष्टुरेण्टमा प्रयोग हुने तेलको गुणस्तर परिक्षण गरिएकाे छ । तार्ने वा पकाउने प्रयोजनको लागि प्रयोग हुने तेलमा ओइल टेस्टोमिटर प्रयोग गरि गुणस्तर परिक्षण गरिएकाे हाे ।

तिनाउ गाउपालिकाको वडा नं. ५ को गौणे पुल देखि जोरधारासम्म जम्मा ३३ वटा होटल तथा रेष्टुरेण्टमा गरिएकाे घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका उद्याेग अधिकृत देविराम भण्डारीले बताए । अनुगमन गर्दा १० वटा होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिरहेको तेलमा टोटल पोलार मटेरियल (२५ प्रतिशत भन्दा बढी पाइएकोले करिब २२ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेकाे छ । खाद्य मापदण्ड अनुसार टोटल पोलार मटेरियल २५ प्रतिशत बढी भएमा तार्ने वा पकाउन प्रयोग गर्न मिल्दैन । साथै अनुगमनका क्रममा सरसफाइमा विशेष ध्यान दिन र तारेका खानेकुरा राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरुको मसीमा प्रयोग गरीएको रसायनले खाद्य वस्तुलाई असर गर्दछ ।
अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तिनाउ गाउँपालिका, नेपाल प्रहरी (दोभान) र पाल्पा उद्योग वाणिज्य संघको सहभागितामा गरिएको थियो । जिल्लाका सबै होटल तथा रेष्टुरेण्टमा तेलको गुणस्तर परिक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाध्य वस्तु उपलब्ध गराउने योजना रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस