नेकपाकाे पाल्पामा जनसभा

नेकपाकाे पाल्पामा जनसभा

पाल्पा, मंसिर ८

पाल्पा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । पार्टी पुर्नगठन दिवसको अवसर पारि जनसभा गरेको हाे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले सुभकामना मन्तव्य दिदै प्रचण्डहरुले क्रान्तिलाई धाेका दिएको कारण हामी क्रान्तिकारीहरुले निरन्तरता अाजकै दिन पुनर्सगठित भएकाे बताउनुभयाे । उहाँले श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज धिरेन्द्रा उपाध्याय,नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विजय बुढा मगर,अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लंक बहादुर राना,जनपत्रकार संगठन लुम्बिनी प्रदेश समितिका काेषाध्यक्ष मुक्ति गैरे, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष गाेविन्द्र भट्टराई,नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना लगायतकाे उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस