कांग्रेस पाल्पाका हेभिवेट पराजित

कांग्रेस पाल्पाका हेभिवेट पराजित


पाल्पा,मंसिर ७
नेपाली कांग्रेसको अधिबेशनमा पाल्पामा देउवा पक्ष कमजोर देखिएको छ । अभिबेशनमा धेरै हेभिवेट पराजित भएका छ । प्रदेश सभा निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रमा देउवा पक्ष कमजोर देखिएको छ । देउवा पक्ष कमजोर रहदा नेपाल बिद्यार्थी संघकी केन्द्रिय महामन्त्री महेश्वरी कुँवर समेत केन्द्रिय महाधिबेशन प्रतिनीधि पदमा पराजित भइन । महामन्त्री कुँवरले कुल खसेको ७ सय ४ मत मध्ये जम्मा ३ सय १४ मत प्राप्त गरि पराजित भइन । त्यस्तै पूर्ब पाटी सचिब माघब नेपाल,क्षेत्र नम्बर २ का पूर्ब क्षेत्रीय सभापती राम बहादुर कार्की लगायत केन्द्रिय महाधिबेशन प्रतिनीधि पदमा पराजित भएका छन ।कतिपयले पराजित हुने डरले उमेद्धारी समेत दर्ता गरेनन ।

त्यस्तै शिक्षक संघका पूर्ब सभापती लक्ष्मण बस्याल,पूर्ब केन्द्रिय संसद पदका उमेद्धार विजय घिमिरे पाल्पा १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा पराजित भए ।
मंगलबार प्राप्त मत परिणाम अनुसार रामचन्द्र पौडेल निकट मानिने जिल्ला सभापती वीर बहादुर राना पक्षिय उम्मेद्वारहरु विजयी भएका छन् । पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरीप्रसाद नेपाल पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस