साहित्यकार कार्कीद्धारा भवानी माबिमा अक्षयकोष स्थापना

साहित्यकार कार्कीद्धारा भवानी माबिमा अक्षयकोष स्थापना

पाल्पा, मंसिर ५
साहित्यकार नीलम कार्की निहारिकाले भवानी माबि कुसुमखोलामा अक्षयकोष स्थापना गरिदिनुभएको छ । नेपाली भाषा तथा साहित्यमा योगदान पुर्याउनुभएकी कार्कीले नेपाल सरकारबाट पद्म श्री पुरस्कार प्राप्त गरेको कृती चिरहरण उपन्यासबाट प्राप्त दुई लाख रुपौया अक्षयकोषको रुपमा स्थापना गर्नुभएको छ । आईतबार बिद्यालयमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्त्रण गर्नुभएको हो ।

कार्कीले सासुआमाको स्मृतीमा मानकुमारी स्मृती अक्षयकोषको स्थापना गर्नुभएको हो । अक्षयकोषबाट आउने रकमको ब्याजबाट प्रत्येक बर्ष एसइईका उत्कृष्ठ बिद्यार्थीलाई पुरस्कार दिइने छ । यस खालको सहयोगले बिद्यालयको शैक्षिक गुणस्तर सुधार सहयोग पुग्ने बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस