चार महिनामा कार्यक्रम सम्पन्न गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

चार महिनामा कार्यक्रम सम्पन्न गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

पाल्पा, मंसिर ४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले कर्मचारीलाई एकिकृत योजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । शनिबार पाल्पाको तानसेनमा जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री केसीले विकास निर्माणका कार्य गर्दा भरपर्दो तथा दीगो बनाउनुपर्ने समेत बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले तीन वटै सरकार आगामी निर्वाचनमा केन्द्रीत भएको भन्दै कर्मचारीले अबको चार महिनाभित्रमा यस वर्षका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
शनिबार नै पाल्पामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशलाई सुशासनमैत्री र डिजिटल बनाउन लागि परेको बताउनुभयो । उहाँले लुम्बिनी आँफैमा साँस्कृतिक तथा ऐतिहासिक महत्वको प्रदेश भएकोले यहाँका सम्भावनाहरु उजागर गरे जिल्ला जिल्लाको विकासलाइ जोड्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस