पाल्पा क्षेत्र नं १ ‘क’ को सभापतिमा राना र ‘ख’ पाैडेल निर्वाचित, २ काे नतिजा बाँकी

पाल्पा क्षेत्र नं १ ‘क’ को सभापतिमा राना र ‘ख’  पाैडेल निर्वाचित, २ काे नतिजा बाँकी

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सीर ४
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्बिरोध चयन हुनु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रवार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा सर्बसहमतीमा निर्वाचित हुनुभएको हो । यस्तै पाल्पा क्षेत्र नं. १ प्रदेश (ख) को सभापतिमा युवराज पाैडेल विजयी हुनुभएकाे छ ।
क्षेत्र नं. १ प्रदेश (क) उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भिम बहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन हुनुभएको छ ।
अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधी समेत चयन भएका छन् । खुल्लातर्फ उमनाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकरबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुण कुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसंख्यकमा समसुलहक मियाँ निर्विरोध चयन हुनु भएको छ ।
पाल्पा क्षेत्र नं. १ प्रदेश (ख) काे सभापतिमा युवराज पाैडेलले १ सय ६५ मत सहित निर्बाचित हुँदा प्रतिस्पर्धी कृष्ण भट्टराईले ७२ मत प्राप्त गर्नुभयाे । उपसभापतिमा कृश्न बहादुर सारु, शेर बहादुर गहराज निर्बिरोध हुनुभयाे ।

सचिबमा डिल बहादुर ढेंगा, निलकन्ठ देबकाेटा सहसचिब राजदिप सारु र रमेश पछाई, प्रदेश महाधिबेशन प्रतिनिधी (खुला) भरत कुमार रसाईली, अनिरुद्र खनाल, मोहनलाल कार्की, जनक रिजेल, बिष्णु प्रताप सेन ठकुरी, जीवन रायमाझी, शुन्दर गाहा खुला महिला सदस्य निर्मला भट्टराई, साबित्रा पन्थि, हुम कुमारी परियार खसआर्य मोहन लाल कार्की, जनजाती महिला लाली सरा ढेंगा, बिश्नु कुमारी सिंजाली निर्बाचित हुँदा जनजाती खुलामा गोपाल राना, सिद्धार्थ श्रेष्ठ दलित बिक्रम नेपाली र समाबेशी शम्शेर खान मिया निर्बिरोध भए भने प्रतिनिधि सभा क्षेत्रीय सदस्य थमन गाहा, नन्दवीर दिशुवा र मनुमाया कुमाल निर्बिरोध भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस