नेपाल बिद्यार्थी संघको सभापती मेरो लक्ष्य महामन्त्री कुवर

नेपाल बिद्यार्थी संघको सभापती मेरो लक्ष्य महामन्त्री कुवर

पाल्पा मङ्सिर १
नेपाल बिद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवरले आफू नेपाल बिद्यार्थी संघको सभापती बन्ने लक्ष्य रहेको बताउनुभएको छ । बुधबार तानसेनमा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्यार्थी संघको महिलो महिला सभापती बन्ने उद्धेश्य रहेको बताउनुभयो । महामन्त्री कुवरले काङ्ग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिदै
आगामी नेतृत्वलाई प्रेस जगतले नै तल माथी पार्न सक्ने बताउनुभयो । उहाँले चुनाब तथा अधिबेशनलाई प्रेस जगतको ठूलो भुमिका हुने बताउनुभयो । केन्द्रियमा बसेर काम गर्दा केन्द्रको निर्देशन मान्नु पर्ने बताउदै पाटीले खटाए देशको जुन सुकै स्थानमा गएर पनि काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
ठूलो घट्नाबाट आफू बचेको भन्दै अबको जीवन सेबामा नै बिताउने उहाको भनाइ छ । यस अघिका विद्यार्थी पुस्ता आन्दोलन मै बितेको हुदा अबका विद्यार्थीहरुले त्यो आन्दोलन गर्नु नपर्ने अबस्था निमार्ण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू पनि बिगतमा पत्रकार भएको स्मरण गर्दै प्रेस जगत संघ गहिरो नाता भएको उहाँले बताउनुभयो ।
आफुले केन्द्र र जिल्ला बिच पुलको काम गर्न तयार रहेको भन्दै जिल्लालाई सबै खाले सहयोग गर्ने बताउनुभयो । आफुलाइ प्रयोग गर्न पाल्पाली प्रेस जगतलाई उहाँको आग्रह थियो। नेतृ कुवरले पाल्पामा कोभिडको समयमा करिब २० लाख बराबरको स्वास्थ्य सामाग्री पठाएर सहयोग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस