जनप्रतिनिधीले बाँझाे जाेते, अब सहज हुन्छः पूर्वमन्त्री राना

जनप्रतिनिधीले बाँझाे जाेते, अब सहज हुन्छः पूर्वमन्त्री राना

पाल्पा, कार्तिक २९ 

पूर्वमन्त्री दलबहादुर रानाले अहिलेका जनप्रतिनिधीले स्थानीय तहका गतिविधीलाइ शून्यदेखी केहि गर्न खाेजेकाे संकेत गरेकाे बताएका छन् । सांसद समेत रहेका रानाले जनप्रतिनिधीले बाँझाे जाेतेकाे तर केही छाेडिएकाे हुनसक्ने भन्दै अब हुने निर्वाचनबाट आउने जनप्रतिनिधीले उल्लेख्य विकास गर्ने बताएका छन् ।

आइतबारदेखी जिल्ला समन्वय समिति पाल्पामा सुरू भएकाे जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको आ.व. २०७७।०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा रानाले यस्ताे बताएका हुन् । संघीय सांसद रानाले अब स्थानीय तहले काम गर्न सकिएन भनेर प्रगति प्रतिवेदन निशाराजनक प्रस्तुत गर्नु दुःखद हाे, नमूना काम अभिलेखिकरण गरेर काम गर्नुपर्छ । उनी भन्छन्, मगर समुदायको बाहुल्यता रहेको पाल्पामा मगर संस्कृति सहितका धर्म संस्कृति र भाषा संरक्षणमा स्थानीय तह लाग्नुपर्छ ।

कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य नारायण आचार्यले स्थानीय तह र संघ, प्रदेशविच तालमेल नमिल्दा विकासका कामहरु प्रभावित भएको बताए । समिक्षामा सबै गाउँपालिका र नगरपालिकाका प्रशासकीय अधिकृत, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका विजय खरेल, खानेपानीका इन्जिनियर संजीव अधिकारी, सडक पूर्वाधार कार्यालयका इन्जिनियर प्रेम बस्याल लगायतले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

साेमबारसम्म हुने समिक्षामा जिल्लाका १० वटै पालिकाका प्रगति प्रतिवेदन, समस्या र योजनाहरु प्रस्तुत भए, त्यस्तै लाइन एजेन्सीहरु सडक डिभिजन कार्यालय, खानेपानी डिभिजन कार्यालय, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालयले आफ्ना प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस