पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

पाल्पा, कार्तिक २८

दसौं राष्ट्रिय महाधिवेशनको लागि नेकपा एमालेको पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी. राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल, सरस्वती भट्टराई चयन भएका छन्। 

यसै गरी पाल्पा क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे चयन भएका छन्। यसैगरी उत्पिडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएका पाटी अध्यक्ष नारायणप्रसाद आचार्यले बताए। 

यसै गरी केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वत:  महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। केन्द्रीय महाधिवेशनपछि एमाले पाल्पाको जिल्ला अधिवेशन हुने छ। 

प्रतिक्रिया दिनुहोस