कमान सिंहको निजामती यात्रा : कार्यालय सहयोगीदेखि उपसचिवसम्म

कमान सिंहको निजामती यात्रा : कार्यालय सहयोगीदेखि उपसचिवसम्म

भनिन्छ, निरन्तरले बहाबले ठूल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तरको लगाव,कर्मप्रतिको झुकाव,सकरात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा पनि एक पछि अर्काे सफलता मिल्दै जान्छ ।

मंगलबार ८४ जना उपसचिव थपिएका छन् । तिनैमध्येका एक हुन कमान सिंह थापामगर । दुर्गम पहाडी जिल्ला रोल्पामा बिपन्न परिवारमा जन्मिएका हुन उनी ।
रोल्पा नगरपालिका ४ तित्रिकोटमा ३३ बर्ष अघि २०४५ जेठ २५ गते बुवा आईतवीर थापा र आमा पार्बती थापाको कोखबाट कान्छो छोराका रुपमा जन्मीएका हुन कमान । उनका बुबा आमा दुबै अनपढ यद्यपि उनीहरुले आफूजस्तै छोरालाई अनपढ बनाएनन् । खाई नखाई हुर्काए पढाए । निकै कहालिलाग्दो विगत भोगेर आएका हुन कमान सिंह । जतिखेर उनी कक्षा २ मा अध्ययनरत थिए त्यहीबेला बुवा प्यारालाईसिसले थलिए । अभाव त तनावको पहाडले किचिएर हुर्किएका हुन् उनी । बुबा ओच्छ्यान परे पनि आमाले हिम्मत हार्नुभएन । आमाले घरमा ६ महिना पनि खान पुग्ने सम्पत्ति थिएन। बिदाका दिन र शनिबार दिनभर जंगलमा दाउरा खोजेर बेचेको पैसाले पढेका हुन कमानले ।

गाउँमै रहेको विद्यालयमा प्राविसम्म पढेका उनी कक्षा ६ देखि सदरमुकाममा रहेको बाल कल्याण मावि पुगे। २०६१ सालमा द्धितिय श्रेणीमा एसएलसी सकाए । त्यही समयमा बुबा बिते ।
एसएलसी नगर्दै बुवाको मृत्यु भए पछि कमानले २०६३ माघ २० गते जिल्ला बन कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम सुरु गरे। २ भाइ ३ बहिनी मध्येका कान्छो सन्तान उनले जिल्ला बन कार्यालय रोल्पाबाट पियनको जागरि सुरु गरेका थिए। कार्यलय सहयोगी भएर सरकारी सेवा शुरु गरेको १४ बर्ष पछि उनले उपसचिवमा नाम निकाल्न सफल भएका हुन् ।

२०६४ सालमा खरिदार तयारी गरे।
स्नातक, एलएलवी र एमपिए अध्ययन गरेका कमानले घर धान्नका लागि १७ वर्षकै उमेरमा बिहे गरेका थिए।०६६ सालमा १ नम्बरमा खरिदार सिफारिस भएका हुन उनी । त्यो बेला भर्खर १२ सकाएको थिए। जिविस अन्तर्गत करेटी गाविसमा सचिवका रुपमा काम गरे।

विश्वाश बढ्दै गयो । यही पछि नासुमा भिडे । ०६७ मा नायब सुब्बामा बढूवा भए । बढूवा पछि गाउँपालिकाको सचिव बनेर काम गरे । त्योसमयमा बेला राक, तालावाङ, करेटी र लिवाङ गाविस सम्हाले ।
अध्ययन र रोजगारी अघि बढाउँदै लगे । ०६९ मंसिरमा बिए सकियो। त्यहि मंसिरमा अधिकृत जाँच दिए । २०७० मा अफिसरमा नाम निस्कीयो। सुरु पोष्टिङ जिल्ला मालपोत कार्यालय रोल्पाको प्रमुखका रुपमा भयो। पछि दाङको त्रिपुर नगरपालिका, रोल्पा नगरपालिका हुँदै उर्जा मन्त्रालयमा मन्त्री बर्षमान पुनको प्रमुख नीजि सचिबको जिम्मेवारीमा बसे। मन्त्रालयमा कामको लोडको जिम्मेवारीका बीचमा पहिलो पटकमै उपसचिवमा नाम निस्कीयो। इकर्मचारी

प्रतिक्रिया दिनुहोस