‘मरूभूमिमा विस्फोट’ लाेकार्पण

‘मरूभूमिमा विस्फोट’ लाेकार्पण

पाल्पा, कार्तिक २२

लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ लाेकार्पण गरिएको छ । साहित्यकार नारायण कोइरालाको ‘मरुभूमिमा विस्फोट’ शीत काव्य समाज नेपाल पाल्पाले विमोचन गरेको हो ।

कृति विमाेचन गर्दै देवकोटा साहित्य परिषद पाल्पाका अध्यक्ष भागवत खनालले लघुकथा युवा पिँढीकाे समय सान्दर्भिक कृति रहेको बताए । खनालले प्रकाशित गरेकाे कृतिले वर्तमान सन्दर्भलाइ उजागर गर्ने प्रयास गरेकाे बताए । लघुकथा संग्रह मरुभूमिमा विस्फोट’ माथि समीक्षा गर्दै साहित्यकार तथा समिक्षक डा. शंकर प्रसाद गैरेले कथामा मानवेत्तर वस्तुहरूलाई मानवीयकरण गरिएको, व्यङ्ग्य चेतना र समाजिकीकरण जागृत भएको, ससाना घटनाक्रमहरूलाई पनि सटिक रूपमा प्रस्तुत गरिएको बताए ।

शीत काव्य समाज नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका साहित्यकार कोइरालाद्वारा लिखित कृतिमा ५६ लघुकथाहरू संग्रहित रहेका छन् । शीत काव्य समाजका राष्ट्रिय अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले शीतको जन्म भएको करिव चार महिना भित्रै चारवटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रकाशित लघुकथा संग्रह शोध, खोज, सोंच र ओजपूर्ण रहेको भन्दै कृतिको थप सफलताको शुभकामना व्यक्त गरे ।

लेखक कोइरालाले प्रदेशमा भए पनि आफ्नो साहित्यिक यात्रालाई थप सशक्त बनाएर लैजाने बताएका छन् । समाजको अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस