कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराएका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गरेका थिए । उनलाई प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री नियुक्त गरेका हुन् । ३५ सदस्यी रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकिकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस