सीता एयरको जहाज नेपालगञ्जमा बँदेलसँग ठोक्कियो

सीता एयरको जहाज नेपालगञ्जमा बँदेलसँग ठोक्कियो

काठमाडौं , १६ कात्तिक

विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएकाे छ । बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको बताइएकाे छ ।

जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस