श्रीनगरलाइ पर्यापर्यटनमैत्री बनाइनुपर्छः मन्त्री राना

श्रीनगरलाइ पर्यापर्यटनमैत्री बनाइनुपर्छः मन्त्री राना

पाल्पा, कार्तिक १४

पाल्पाकाे श्रीनगरमा रहेकाे सल्ला व्यवस्थापन गरि पर्यापर्यटनमैत्री बनाइनुपर्ने सराेकारवालाहरूले बताएका छन् । सल्लाकाे उपयाेगिता वर्तमान समयमा कम भएकाे भन्दै श्रीनगरलाइ जीवन्तता दिनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका हुन् ।

लुम्बिनी प्रदेशका उर्जा, सिचाइ तथा जलश्रोत मन्त्री वीर बहादुर रानाले पुर्खाहरूले वन क्षेत्र संरक्षणका लागि लगाएकाे सल्लाकाे उपयाेगिता अहिले कम भएकाे बताए । उनी भन्छन्, तात्कालिन समयमा सल्ला उत्तम बिरूवा थियाे तर अहिले यसकाे व्यवस्थापन गर्ने तथा अन्य खाली क्षेत्रलाइ पनि व्यवस्थित गर्नुपर्छ । मन्त्री राना भन्छन्, पूर्वजले संरक्षण गरे हामीले व्यवस्थापन गर्नुपर्छ, नगरपालिकाले कर लिएकाे र व्यवस्थापनकाे जिम्मेवारी छ । पर्यटकले साेंचेजस्ताे बनाउनु अावश्यक छ ।

वन, वातावरण तथा भू-सरक्षण सचिव श्री पशुपति कोइरालाले नमूना कार्ययोजना तयार गरि श्रीनगर क्षेत्रलाइ सुन्दर, पर्यटकीय र व्यवस्थित बनाउनुपर्ने बताए । उनी भन्छन्, पानिको मुलको बारेमा अध्ययन गर्नु पर्छ, सल्लाको कारणले हो कि के हो ?, नारायणस्थानको पानिको मुलको बारेमा अध्ययन गर्ने तथा श्रीनगर गणेशको बारेमा थप अध्ययन गरि पर्यापर्यटन विकास गर्नु छ ।

पाल्पाका डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले श्रीनगर सरकारद्वारा वृक्षारोपण गरेको वन भएकाे र कानुन तथा कार्ययोजना निर्दिष्ट गरे अनुसार काम हुने बताए । भौगोलिकता अनुसारको वृक्षारोपण गर्ने, ठाउँ ठाउँबाट सल्लाको कलष्टर बनाउने, सौन्दर्यिकरण गराउने हाे तर सबै सल्ला हटाउन गरो छ, उनले भने ।

फलफुल तथा सौन्दर्यमूलक बिरुवा रोपण, सल्ला प्रजातीलाइ बिस्तारै हटाउदै चउडापाते रुख बिरुवालाइ बिस्तार, श्रीनगर क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि हरियाली प्रबर्धन गर्नुपर्ने सुनिता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस