मुक्तिनाथ बिकास बैक र तानसेन नगरपालिका बीच बैकिङ्ग सम्झौता

मुक्तिनाथ बिकास बैक र तानसेन नगरपालिका बीच बैकिङ्ग सम्झौता

पाल्पा, कार्तिक १४
मुक्तिनाथ बिकास बैक र तानसेन नगरपालिका बीच बैकिङ्ग सहजकर्ता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । आइतबार तानसेनमा आयोजित एक समारोहका बीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको हो । तानसेन नगरपलिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र बैकको तर्फबाट तानसेन शाखा प्रबन्धक टेकराज ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रमका अध्यक्ष तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नगरभित्रका युवालाई पुँजी अभावका कारण उद्यमीहुनबाट बन्चित हुने अबस्था नआउने बताउनुभयो । उहाँले युवाले प्राप्त पुँजी सहि ठाउँमा उपयोग गरे नगरेको वडा तहबाटै अनुगमन हुने बताउनुभयो । प्रमुख शाहीले धितो सहितको ५० लाख सम्मको ब्याज नगरपालिकाले तिरिदिने बताउनुभयो ।
ग्रामिण आर्थिक बिकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले सम्झौता पछि नगर भित्रका युवालाई काम गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले अब युवाहरु सीप,बजार र पुँजीको अभाबले भौतारीनु नपर्ने बताउनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ९ का वार्ड अध्यक्ष हरिसुमर रेग्मीले सहज र सरल तरिकाबाट युवालाई प्राप्त सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
मुक्तिनाथ बिकास बैकका तानसेन शाखा प्रबन्धक टेकराज ज्ञवालीले नगरभित्रका युवालाई पुँजी अभाबका कारण उद्यमी हुनबाट बन्चित हुन नपर्ने बताउनुभयो । उहाँले पुँजी अभाबले उद्यमी हुनबाट बंन्चित युवालाई सहज ढंगबाट कर्जा उपलब्ध गराउने बताउनुभयो । प्रबन्धक ज्ञवालीले कर्जा लिने तर समयमा भुक्तानी नगर्नेहरुलाइ नगरबाट पाउने सेवा सुबिधाबाट बन्चित गर्न आग्रह गर्नुभयो । कार्यक्रम योजना अधिकृत बिष्णु पौडेलको स्वागत र शाखा अधिकृत भरत आचार्यको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस