रामपुरमा सकारात्मक सोँच सम्बन्धी कार्यक्रम

रामपुरमा सकारात्मक सोँच सम्बन्धी कार्यक्रम

सुशीला रेग्मी
रामपुर (पाल्पा), कात्तिक १४
सुगन्ध सोँचको सकारात्मकता, नेतृत्व, समाजसेवा सम्बन्धी कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । सोँच समुह पाल्पा र उईलभपिपुल नेपालको आयोजना तथा रामपुर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।
उई लभ पिपुल नेपालका सदस्य विष्णु मल्लको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । मुख्य पाहुना नगर प्रमुख थापाले मानिससंग सोँच राम्रो भयो भने आफूले जीवनमा देखेका सपना पुरा हुने बताउनुहुदै काम गर्नुभन्दा पहिला सोँच परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रमको सहजिकरण सामाजिक अभियान्ता सपना रोका मगर, अन्तिम गुरुङ, स्मृति बराल, मोनिका रानाभाटले गर्नुभएको हो । सन् २०२० मा विश्वका सय प्रतिभाशाली महिलामा छनौटमा पर्न सफल म्याग्दीकी सामाजिक अभियान्ता सपना रोका मगरले आफूले सानै देखि नै गरिव, असहाय, दुखीलाई सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले आफूले देखेका सपना पुरा गर्न पहिला सपना देख्नु जरुरी रहेको छ, शिक्षक र आमाबाट पाएको शिक्षाले नै आफ्नो सपना पुरा भएको बताउनुहुन्छ ।
सामाजिक अभियान्ता अन्तिम गुरुङले आफ्ना मात्रै स्वार्थमा काम गर्न थालियो भने कहिल्यैपनि आफ्नो लक्ष्य र गन्तव्यमा पुग्न नसकिने बताउनुहुदै एक व्यक्तिले जानेको ज्ञान सीप सही रुपमा अर्को व्यक्तिलाई पनि आदानप्रदान गर्न सकियो भने निश्चित लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
सोँच समुह पाल्पाका संयोजक दिपेन्द्र भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा सोँच समुह युकेका संयोजक डम्मर घले, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव ओमप्रकाश बस्याल, रामतुलसी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, राजनीतिक दल लगायतको सहभागीता रहेको कार्यक्रममा नाचगान समेत भएको थियो । कार्यक्रमको संचालन सोँच समुह पाल्पाका सदस्य वर्षा खनालले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस