ब्याबसायीक कृषिमा जोड

ब्याबसायीक कृषिमा जोड

बिष्णु खनाल
पाल्पा, कार्तिक ११

कृषिमा कम लगानी,उत्पादन बढि,मर्यादित ब्याबसाय बनाउनु पर्ने,युवा जनशक्तिलाई कृषिमा आर्कषण गर्न सरोकारवाला कार्यालयहरुले नसकेकाले त्यस तर्फ ध्यानदिन बिहिबार तानसेनमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले जोड दिएका छन् ।
आर्थिक बर्ष ०७८÷०७९ का लागी कृषि ज्ञान केन्द्र,भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको बजेट तथा कार्यक्रम सार्बजनिकीरण कार्यक्रममा सहभागी बक्ताहरुले सरकारको लगानी अनुसार प्रतिफल नआएको समेत बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय गाउँपालिका महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद बस्यालले सेवा प्रबाह कार्यालयबाट गाउँमा कार्यक्रम संचालन गर्दा अहिले सम्म पनि स्थानीय सरकार संग समन्वयन नगर्ने परिपाटी कायमै रहेको बताउनुभयो । त्यसैले अहिले सम्म कृषकहरुले सेवाको अनुभुति गर्न सकेका छैनन् उहाँले भन्नुभयो । उहाँले भने स्थानिय सरकार र सेवा प्रबाह गर्ने कार्यालयसंग समन्वय भएको खण्डमा कृषिमा परनिर्भता रोकेर आत्मनिर्भरता तर्फ बढ्न सजिलो हुने कार्यक्रमका प्रमुख अतिथि बस्यालको जोड थियो ।
बजेट तथा कार्यक्रम सार्बजनिकीकरणमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अझै पनि हाम्रो मुलुक कृषिमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो । कृषिमा आत्मनिर्भरताका लागी ,युवालाई आकर्षित बनाउने गरी जिल्लाका सरोकारवाला कार्यालयहरुले कार्यक्रम बनाउनु पर्नेमा प्रजिअ पन्तको जोड थियो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले कृषिमा आत्मनिर्भर कार्यक्रम बनाउन सुझाब दिनुभयो । नेपाल पत्रकार महासघंका अध्यक्ष रेखीराम रानाले नीति र कार्यक्रम राम्रो भएको र कार्यान्वयनका क्रममा संचार जगतसंग समन्वय गर्न जोड दिनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारीले ८ करोड १३ लाख ५९ हजार,भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा चन्द्र रानाले ८ करोड ६२ लाख ६२ हजार,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख दिपक भट्टराईले ३ करोड ८९ लाख ६३ हजार बराबरको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस