जनताकाे घरघरमा देखिने गरि काम गर्छाैंः मन्त्री राना

जनताकाे घरघरमा देखिने गरि काम गर्छाैंः मन्त्री राना

पाल्पा, कार्तिक ११

लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री माननीय वीर बहादुर रानाले केन्द्रीय प्रशारण विधुतको माध्यम वा बैकल्पिक उर्जाको माध्यमबाट लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने बताएका छन् । उनले कृषि विकासको आधार सिचाइमा सुधार नारालाई आत्म साथ गरि कृषिमा आमुल परिवर्तन गर्नका लागि मन्त्रालय अगाडि बढेको समेत बताए ।

नेपाल तरूण दल पाल्पाको ६८ औ स्थापना दिवसको अवसरमा बोल्दै रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदशको रूपमा चिनाउने बताएका हुन् । विगतका बर्षहरूमा कृषकहरू मन्त्रालय धाउनुपर्ने परिस्थिति रहेको तर हाल मन्त्रालयले कर्मचारीहरूलाई वास्तविक कृषकहरूमा घरघरमा पुगी वास्तविक कृषकहरूको पहिचान गर्ने कार्य थालनी गरिने उनले बताए ।

नेपाली काङ्ग्रेस पाल्पाका सचिव झपेन्द्र  गैरे नेपाल तरूणले नेपाली काङ्ग्रेसको मेरुदण्ड रूपमा रहेर कार्य गरेको बताए । उनले युवाहरूको जमात रहेको तरूण दलले युवाहरूलाई एकतावद्द गरेको बताए । पार्टीका सचिव अजयमान कर्मचार्यले तरूण दलले दीघरोगीहरूलाई सहयोगको कार्यक्रम ल्याएको भन्दै रोगसँग लडनका लागि उर्जा र हौसला दिएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा  दिर्घरोगीहरू मृगौला पिडित,क्यान्सर पिडित तथा अपांग भएका  व्यक्तिहरूलाई १० हजार १ सयका दरले नगद एवम सम्मान पत्र प्रदान गरिएको थियो ।  कार्यक्रम तरूण दल पाल्पा सभापति मेजर सिह केसीको अध्यक्षता सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस