सीताकुण्ड दुग्ध उत्पादक सहकारीको सार्वजनिक सुनुवाई

सीताकुण्ड दुग्ध उत्पादक सहकारीको सार्वजनिक सुनुवाई

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० कात्तिक

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलको सहयोगमा संचालित दुग्ध उत्पादनका लागि गाईभैसीपालनमा उप आयोजनाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रमका प्रमुख अतिथि भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पामा प्रमुख डाक्टर चन्द्रबहादुर राना रहनुभएको हो । प्रमुख अतिथि रानाले कृषकको आयस्तर बृद्धि गर्न उप आयोजनाले सघाउ पुग्ने बताउनुहुदै कृषकको व्यवसायको आधारमा रकम भुक्तानी हुने बताउनुभएको छ ।
संस्थाका अध्यक्ष अर्यालले उप आयोजनाको एक करोड र लाभग्राहीको एक करोड गरी कुल दुई करोडको लागतमा आयोजना संचालन गरिएको जानकारी दिनुहुदै १९ जना लाभग्राहीमाझ कार्यक्रम संचालन गरिएको बताउनुभएको छ ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, उप आयोजना रामपुर र निस्दीका सहजकर्ता बिरकुमार बुढा मगर, संस्थाका पूर्व अध्यक्ष कमलराज भट्टराई, लेखा सुपरिवेक्षक संयोजक एकराज अर्याल, उपाध्यक्ष दुर्गा आचार्य, पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेल, सदस्य मोहनप्रसाद भट्टराई, लाभग्राहीको तर्फबाट बासुदेवशरण उपाध्याय लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । व्यवस्थापक भविनारायण मरासिनीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विनोद श्रेष्ठले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस