पाल्पा उद्योग वाणिज्य संघको ६६ औँ साधारणसभा सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ६६ औँ साधारणसभा सम्पन्न

पाल्पा, कार्तिक ७

पाल्पा उद्योग वाणिज्य संघको ६६ औँ साधारणसभा सम्पन्न भएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले कार्यक्रमकाे उद्घाटन गर्दै व्यवसायीको हित, आर्थिक विकासमा सरकारले ध्यान दिन नसकेको बताए ।

लुम्बिनी प्रदेश अध्यक्ष शर्माले सरकारले तीन खम्बे अर्थनिती भन्दै अाएकाे भएता पनि काेराेनाकाे समयमा नीजि क्षेत्रलाई त्रसित पार्ने काम भएकाे बताए । उनले कोभिड समस्या, बैंकहरुको चर्को व्याज, कर तथा सहुलियतमा अाैद्याेगिक क्षेत्रलाइ सहयाेग गर्न सरकरारले नसकेकाे बताए ।

पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले संघकाे बहुउद्देश्यीय भवनलाइ अन्य पक्षकाे सहयाेग हुन नसक्दा अलपत्र रहेको बताए । कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष यादव सिंह कार्कीलाई सम्मान गरिएको थियो । कोभिडका कारण अस्पताल पुग्न नसकेका जनताकाे सेवामा तल्लिन भएका कार्कीलाइ सम्मान गरिएकाे हाे । साधारण सभाले संघका महासचिव शैलेन्द्र भट्टराईले पेश गरेकाे वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजिव श्रेष्ठको लेखा प्रतिवेदन समेत पारित गरेको छ ।

संघका पूर्व अध्यक्ष हरी रायमाझी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, नेकपा (एकिकृत समाजवादी) का सचिव मोहनलाल गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी लगायतले व्यवसायिक र आर्थिक विकासमा सरकारले निजी क्षेत्रसँग समन्वय गरि अगाडी बढ्नु अावश्यक रहेकाे बताए । संघका निर्वतमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले स्थानीय सरकार गठन भएपछि निजी क्षेत्र र अन्य पक्षकाे सहकार्यमा उदाहरणीय कार्य हुन नसकेकाे बताए ।

प्रतिक्रिया दिनुहोस