शालिकरामकाे ‘खुसीको खोजी’ कथा संग्रह लाेकार्पण

शालिकरामकाे ‘खुसीको खोजी’ कथा संग्रह लाेकार्पण

पाल्पा, कार्तिक ^
खुसीको खोजी कथा संग्रह शनिबार लाेकार्पण गरिएको छ । कथाकार शालिकराम पाण्डेय ‘शिला’ को खुसीकाे खाेजी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराईले विमोचन गरेका हुन् ।

खुसीको खोजी वि.सं. २०६२ पछि लेखिएका १९ वटा कथाहरुको संग्रह हो । कथा सङग्रहकाे विमाेचन गर्दै भट्टराइले साहित्यको उर्वरभूमि पाल्पामा पुनः कथा संग्रह प्रकाशन ल्याएर साहित्यमा थप इट्टा थपिएको बताए । उनले साहित्यको क्षेत्रमा पाल्पा अब मोफसल भन्ने अवस्था नभई राजधानीकै रुपमा भएको बताए । पाल्पालीहरु हरेक विद्यामा अगाडी रहेपनि यसलाई सबैको माझमा लैजान नसकिएको बताउंदै हरेक श्रष्टाको क्षमता रहेको बताए ।

कथाकार पाण्डेयले यसअघि ‘सडक, जीवन र सा“झहरु’ पनि कथा संग्रह प्रकाशन गरिसकेका छन् । सबै कथाहरु कथावस्तु, शैली, भाषा, भावनाका हिसाबले केही न केही मूल्य बोकेर उभिएको कथाकार पाण्डेयले बताए । पहिलो कथा संग्रह यौन मनोविज्ञान र सहायकमा सामाजिक विषयहरुलाई आधार बनाएर लेखिएका कथाहरु समावेश थिए । तर खुसीको खोजीमा भने सामाजिक विषयवस्तुलाई प्रधान बनाइएको छ । पाण्डेयले कथाहरु माथि पाठक र समीक्षकहरुबाट यथार्थ टिप्पणी र समीक्षाहरु हुने भएकाले त्यसको अपेक्षा गरेको बताए । घरपरिवार र सबै गुरुवर्गको प्रेरणाबाट नै अहिले पुनः कथा संग्रह प्रकाशन गर्न सफल भएको उनले बताए ।
समीक्षक साहित्यकार कमल खत्रीले कथामा पात्रहरुलाई मर्न उत्प्रेरणा गर्न नहुने बताउँदै आगामी पिँढीले पढ्दा उर्जा प्रदान गर्ने खालका हुनुपर्ने बताए । हाम्रा साहित्य पढेर समाजमा नकारात्मकता होइन सकारात्मक सन्देश दिनुपर्ने उनले बताए । १९ वटै कथाको समीक्षा गर्दै कुन कथाले के सन्देश दिन खोजेको भन्ने समीक्षक खत्रीले प्रष्ट पारे । कार्यक्रममा बोल्दै पाल्पा साहित्य समाजका पूर्वअध्यक्ष तथा संरक्षक राजेन्द्र गोपाल सिंहले खुसी प्राप्ती गर्ने विषय भनेको गहिरो भएकाले यसका विषयमा घोत्लिएर सोंच्नुपर्ने बताए । उनले कथाकार पाण्डेयले यौन मनोविज्ञानलाई बढी उजागार गरेको पहिलो र दोस्रो कथा संग्रहमा देखिएको बताए ।
देवकोटा साहित्य परिषद्का अध्यक्ष भागवत खनाल, नारी स्रष्टा शीत काव्य समाजकी सहसचिव सविता भट्टराई, नेपाल पत्रकार महासंघका पाल्पा शाखाका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले कथाकार पाण्डेयको कथा संग्रह पढ्नमा रुचि हुने खालको हुने र यसले पनि सफलता पाउने बताएका थिए । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका पूर्वअध्यक्ष चित्रवलीराम सुवाल र संचालन सचिव महेन्द्र प्रसाद पाण्डेयले गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यसंग सम्बन्धित संघसंस्था, साहित्यकार, नारी श्रष्टा, संचारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस