पाल्पामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा, कात्तिक ६
पाल्पामा थप १३ जना कोरोना संक्रमितहरु थपिएका छन् । यससँगै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या पाल्पामा १ सय १६ जना पुगेको छ । एन्टिजेन परीक्षणमा ४ जना र पिसिआर परीक्षणमा ९ जनामा कोरोना सङक्रमण देखिएको हो ।
३२ जनाको पिसिआर परीक्षण गर्दा ९ जना र १५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको कुल संख्या १० हजार ४ सय ७० पुगेको कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय ५२ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस