शारदा माविका प्रअ केशव अर्यालकाे निधन

शारदा माविका प्रअ केशव अर्यालकाे निधन

पाल्पा, कार्तिक ६

शारदा माध्यमिक विद्यालय, मदनपाेखराका प्रधानाध्यापक केशवराज अर्यालकाे मृत्यु भएकाे छ । ब्रेन ट्युमरका कारण उनकाे मृत्यु भएकाे बताइएकाे छ ।

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा शनिबार दिउँसाे अर्यालकाे मृत्यु भएकाे हाे । दशैं मनाएर घरमै एक्लै रहेकाे समयमा बेहाेस भएका अर्यालकाे तीन दिनदेखी लुम्बिनी मेडिकलमा उपचार भैरहेकाे थियाे । उनलाइ उच्च रक्तचापकाे समेत समस्या देखिएकाे बताइएकाे छ ।

तानसेन नगरपालिका ८, मदनपाेखरामा जन्मिएका अर्याल विगत १८ वर्षदेखी शिक्षण पेशामा कार्यरत थिए । तानसेन नगरपालिका ४, मा बस्दै अाएका अर्यालका एक छाेरा, २ छाेरी र श्रीमती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस