बाढीपहिरोमा ८८ जनाको मृत्यु, तयार भएकाे धान नष्ट

बाढीपहिरोमा ८८ जनाको मृत्यु, तयार भएकाे धान नष्ट

कात्तिक ४, काठमाडौं

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ८८ जनाकाे मृत्यु भएकाे छ । गृह मन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २७ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।     
     
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम बुधवार पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई २ लाख  रुपैयाँ  दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने ३ लाख  रुपैयाँ 
 दिइनेछ ।     
     
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस