डेंगुका कारण पाल्पाकाे रम्भाका जनप्रतिनिधीकाे मृत्यु

डेंगुका कारण पाल्पाकाे रम्भाका जनप्रतिनिधीकाे मृत्यु

पाल्पा, कार्तिक ३

रम्भा गाउँपालिका वडा नं. १ का वडा सदस्य हुम बहादुर सिंजालीकाे मृत्यु भएकाे छ । रम्भा १ बिसाैना घर भएका सिंजालीकाे डेंगुका कारण मृत्यु भएकाे बताइएकाे छ ।

वडा सदस्यकाे मृत्यु भएपछि रम्भा गाउँपालिकाले शाेक विदा गरेकाे छ । ५७ वर्षीय सिंजालीकाे उपचारका क्रममा गाैतमबुद्द सामुदायिक मुटु अस्पताल बुटवलमा मृत्यु भएकाे हाे ।

डाइलायशील गर्नुपर्ने अवस्था सिर्जना भएकाे र अन्तिम अवस्थामा राेग पहिचान भएकाे पारिवारिक स्राेतले बताएकाे छ । अाइतबार हात दुख्ने समस्या देखिएर गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाधेर अस्पतालले घर फर्काएकाे थियाे । पछि पूनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाइ तानसेनकाे युनाइटेड मिशन अस्पताल हुँदै बुटवल पुर्याइएकाे थियाे ।

मंगलबार मृत्यु भएका सिंजालीकाे अन्तिम संस्कार कालिगण्डकी नदीमा गरिएकाे छ…

मृतक सिंजालीप्रति हार्दिक श्रद्दासुमन…

प्रतिक्रिया दिनुहोस