पाल्पामा थप २९ जनामा सङ्क्रमण पुष्टि

पाल्पामा थप २९ जनामा सङ्क्रमण पुष्टि

पाल्पा, कात्तिक १
पाल्पामा थप २९ जना कोरोना संक्रमितहरु थपिएका छन् । यससँगै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या पाल्पामा १ सय ४ जना पुगेको छ । एन्टिजेन परीक्षणमा २६ जना र पिसिआर परीक्षणमा ३ जनामा कोरोना सङक्रमण देखिएको हो ।
२० जनाको पिसिआर परीक्षण गर्दा ३ जना र १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको कुल संख्या १० हजार ४ सय ४२ पुगेको कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय ५० जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस