दशैं टीकाकाे साइत १० बजेर २ मिनेटमा

दशैं टीकाकाे साइत १० बजेर २ मिनेटमा

नेपालीहरुको मौलीक पर्व एवं वडादशैं यो वर्ष आगमन भएको छ । नवदुर्गाको पुजा आराधना का साथै राम्रो लगाउने र मिठो खाने अनी आफ्ना मान्यजनका हात बाट टिका आशिर्वाद ग्रहण गर्ने हाम्रो परम्परा रहि आएको छ ।

असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर ०२ मिनेटको साइत शुभ रहेको छ । यो वर्ष टीका लगाउने मानिस पूर्व फर्कनु शुभ हुनेछ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ बजेर ०१ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । यसरि यो वर्ष को दशै पर्व सकिने छ ।

प्रतिक्रिया दिनुहोस