उज्यालो पाल्पा बन्छ: मन्त्री राना

उज्यालो पाल्पा बन्छ: मन्त्री राना

पाल्पा, असोज २६

लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालम उज्यालो पाल्पा बनाउने बताउनु भएको छ । मंगलबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नबनियुत मन्त्री रानाले उक्त धारणा राख्नुभएको हो ।

पाल्पाको समस्याको रुपमा रहेको विद्युतको समस्यालाई हल गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । मन्त्री रानाले सिद्द्बाबाको सडक आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने भएता पनि सम्बन्धित मन्त्रालय सग समन्वय गरेर खाल्डाखुल्डी र धुलो रहित बनाउन पहल गर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र दलको विकल्प दलनै भएको बताउनुभयो । दल प्रती जनताको बितृस्णा उत्पन्न भएकाले आफुले कामको माध्यमबाट बितृस्णा चिर्ने प्रयास गर्ने धारणा राख्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार राजेन्द्र लिगल,जिबलाल सुवेदी, भोजराज भट्टराई, माधब अर्याल र बिष्णु खनालले जिज्ञासा राख्नुभएको थियो । मुक्ती न्यौपानेको स्वागत सचिब यज्ञमूर्ति तिमिल्सिनाको संचालन र पत्रकार महासघका अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस