पुस्तक तथा स्टेसनरी व्यवसायिको शुभकामना आदानप्रदान

पुस्तक तथा स्टेसनरी व्यवसायिको शुभकामना आदानप्रदान


पाल्पा,असोज २३
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायिक महासंघ पाल्पाले नेपालीहरुको महान पर्व बिजया दशमी,शुभदिपवली,छ्ठ तथा नेपाल सम्बतको अबसरमा शनिबार आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार तानसेनमा एक कार्यक्रम बीच ब्यबसायीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष कमलराज तिमिल्सेनाले पछिल्लो समय पुस्तक तथा स्टेशनरी ब्यबसायीहरु पहिले भन्दा मर्यादित बन्दै गएको बताउनुभयो । उहाँले सम्पूर्ण ब्यबसायीको ब्यबसायीक सफलताको कामना गर्नुभयो । कोषाध्यक्ष तिमिल्सेनाले ब्यबसायीहरुलाई नयाँ संघिय संरचना अनुसार अगाडी बढाउन केन्द्र र प्रदेशसंग पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार राजेन्द्र लिगल र नरेशचन्द्र भट्राईले ब्यबसायीक सफलताको कामना गर्नुभएको थियो । सो अवसरमा ब्यबसायीक पहिचानको लागी तयार परिएको पोशाक बितरण गरिएको थियो । कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायिक महासंघ पाल्पाका अध्यक्ष किशोर भट्राईको अध्यक्षता युवराज पन्तको स्वागत तथा सह सचिब बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस