पाल्पामा ७७ दिनकाे बच्चालाई पर्याे आईपियाे

साहस उर्जा कम्पनी लिमिटेडकाे अाईपियाे ७७ दिनकी नवजात शिशुलाई परेकाे छ । २४ लाख भन्दा बढी आबेदन परेको शाहसले १७ गते सेयर बाडफाड गर्यो । जसमध्ये ७ लाखले मात्र कम्पनिको सेयर हात पारे भने बाकी सबैको हात खाली भयो । यसै क्रममा कम्पनिको सबैभन्दा कान्छो सेयर सदस्यको रुपमा ७७ दिनकी अविका गैरे हुन पुगेकी छन्। कम्पनिको १० कित्ता सेयर गैरेलाई परेको हाे ।

साहस उर्जा कम्पनिका प्रबन्ध निर्देशक हिम प्रसाद पाठकले आफ्नो कम्पनिको कान्छो सदस्य अबिका गैरेलाई बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना  दिए । आधिकारिक पुष्ठिको लागि नानिको कागजपत्र समेत माग भएको बुबा  बिकास गैरेले बताए । अविकाको जन्म २०७८/३/३१ गते बगनासकाली ७ खानिगाउमा भएको हो । उनका बुवा विकाश गैरेले आफ्नी छोरिको जन्मदर्ता गरेर बैंकमा खाता खोली सेयर कारोबार गर्नको लागि आफ्नी छोरिको डिमाट खाता छिटो नै बनाइदिएको बताए ।

पहिलो सेयरको रुपमा साहस उर्जा भरेकाे र उक्त शेयर परेको हाे ।

प्रतिक्रिया दिनुहोस