स्वार्थकाे गठबन्धनले देश बर्बादीकाे बाटाेमाः एमाले प्रवक्ता ज्ञवाली (भिडियाे)

स्वार्थकाे गठबन्धनले देश बर्बादीकाे बाटाेमाः एमाले प्रवक्ता ज्ञवाली (भिडियाे)

पाल्पा, असाेज २२

स्वार्थपूर्तीका लागि गरिएकाे गठबन्धनका कारण देश असफलतातर्फ उन्मुख भएकाे नेकपा एमालेका प्रवक्ता प्रदिक कुमार ज्ञवालीले बताएका छन् । उनले देशलाइ बर्बादीकाे बाटाेमा जान नदिन ‘अर्ली इलेक्सन’ मा जानुकाे विकल्प पनि नभएकाे बताए ।

शुक्रबार पाल्पाकाे तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले लामाे समय मन्त्रिपरिषद्लाइ समेत पूर्णता नदिएर बर्बादीकाे बाटाेमा लागेकाे बताए । उनी भन्छन्, ‘तुइन काटिएर नदीमा बेपत्ता जयशिंह धामीका सन्दर्भमा सरकार बाेल्न नसक्ने, देश विकासका भनेर नेकपा एमाले सरकारले घाेषणा गरेका सडक निर्माण याेजनाहरू खारेज गर्ने, संसदमा विभेद गर्ने गरेर सरकारले अाफ्ना चरित्र उदाङ्गाे पारेकाे छ ।’

प्रेस चाैतारी नेपालले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले अहिलेकाे सरकारले थप एक लाख डाेज खाेप पनि खरीद नगरेकाे तर पहिलेकाे सरकारले पाइपलाइनमा ल्याएकाे खाेप अहिले जनताले पाइरहेकाे समेत बताए ।

हेर्नुहाेस्, पत्रकार सम्मेलनकाे संक्षिप्त भिडियाे …

प्रतिक्रिया दिनुहोस