‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण

‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण

‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गर्नु भयो । डा. हरिहरदेव पन्तको छैटौं स्मृति दिवसका अवसरमा पुस्तक विमाेचन गरिएकाे हाे ।

डा. हरिहरदेव पन्त लघुवित्तका प्रणेता रहेकाे बताउँदै डेपुटी गभर्नर मिश्रले शैक्षिक क्षेत्रमा मौद्रिक अर्थशास्त्र तथा ग्रामिण विकास बिषयमा पुरस्कार राख्नु सकरात्मक पक्ष रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, डा. पन्त नेपालका फादर अफ माइक्रोफाईनन्स हुनुहुन्छ र भावी पुस्ताहरुले पनि उहाँको सहि विचारलाई अनुशरण गरी सम्बन्धित क्षेत्रको विकासको लागि अग्रसर हुनुपर्छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले डा. हरिहरदेव पन्तको सरल व्यवहार, आत्मविश्वास र सिद्धान्तको आधारमा लघुवित्त संस्थाको अवधारणा छोडेर जानुभएको र यसलाई आत्मसाथ गरी निरन्तरता दिदैं जानु पर्ने बताउनुभयो । उहाँले लघुवित्त गरीवसँगै बस्ने, गरीबकै पीरमर्का बुझ्ने र लघुवित्त नै गरीबी घटाउन गरिवहरुप्रति समर्पित रहेकाे बताउनुभयाे । लघुवित्त बिषेशज्ञ डा. नरहरि ढकालले लघुवित्त कार्यक्रम तथा निर्धन उत्थानका बिषयमा सवै व्यक्ति जानकार रहेको र डा. हरिहररदेव पन्तकै मार्गदर्शनबाट लघुवित्त कार्यक्रम सञ्चालन भएको बताउनु भएको थियो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले प्रदेशस्तरमा उत्कृष्ट भएका लघुउद्यमीहरुलाई गरिएकाे सम्मानले देशका नवप्रवर्दनशील युवा उद्यमीहरूलाइ सहयाेग पुग्ने बताउनुभयाे । डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष समेत रहेका जनार्दन पन्तले उद्यमशीलता लागि नवप्रवर्दन, सिर्जनशीलता र अाविष्कारकाे अावश्यकता पर्ने बताउँदै त्यसका लागि उत्प्रेरणाकाे जरूरी रहेकाे बताउनुभयाे । उहाँले वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन लघुवित्तको सुरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार हटाउन लाग्नु भएका डा.हरिहरदेव पन्तको अधुरा कार्यहरु पुरा गर्नु अहिलेकाे अावश्यकता रहेकाे बताउनुभयाे ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा ग्रामीण विकास र मौद्रिक अर्थशास्त्रमा उत्कृष्ट अंक ल्याई सर्वोत्कृष्ट बिद्यार्थीहरु नरेन्द्रराज पनेरु र दुर्गा श्रीस साथै आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण गर्ने आर्थिक पत्रकार ममता थापालाई पुरस्कृत गरिएको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस