पाल्पामा थपिँदै सहकारी, कुसुम सहकारीको स्थापना

पाल्पामा थपिँदै सहकारी, कुसुम सहकारीको स्थापना

पाल्पा, असोज २१
कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय उद्धघाटन भएको छ । बिहिबार तानसेनको बिशालबजारमा सहकारीको कार्यालय लुम्बिनी प्रदेशका संसद नारायण प्रसाद आचार्यले उद्धघाटन गर्नुभयो ।
सहकारीले पाल्पा,गुल्मी र रुपन्देहीलाई कार्यक्षेत्र बनाएको छ । हरेकको आय हरेकको ब्यबसाय भन्ने नाराका साथ सहकारी अगाडी बढेको छ । सहकारीले गाउँलाई सहर र सहरलाई गाउँसंग जोडि उत्पादित बस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने योजना बनाएको छ । संस्थाले हाललाई कृषी उत्पादन तथा पशु पालनमा लगानी गरेको छ ।
उद्धघाटन समारोहमा प्रमुख अतिथी लुम्बिनी प्रदेश संसद आचार्यले राज्यको सहकारी नीतिलाई कुसुम सहकारीले अबलम्बन गर्दै अगाडी बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले राज्यको तीन खम्बे नीति अनुसार संस्थाले प्रगती गर्नुपर्ने बताउनुभयो । संसद आचार्यले प्रदेश तहबाट सहकारीलाई सहयोग पुर्याउन बचन दिनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष सुरेश ढकालको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस