पाल्पामा सङ्क्रमित घट्दै,थप ६ जनामा सङ्क्रमण पुष्टि

पाल्पामा सङ्क्रमित घट्दै,थप ६ जनामा सङ्क्रमण पुष्टि

पाल्पा, असोज २०
पाल्पामा पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन । बुधबार पाल्पामा ६ जना कोरोना संक्रमितहरु थपिएका छन् । यससँगै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या पाल्पामा १ सय ३२ जना पुगेको छ । एन्टिजेन परीक्षणमा ३ जना र पिसिआर परीक्षणमा ३ जनामा कोरोना सङक्रमण देखिएको हो ।
२७ जनाको पिसिआर परीक्षण गर्दा ३ जना र १२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको कुल संख्या १० हजार ३ सय ५ पुगेको कार्यालयले जनाएको छ । २४ घण्टामा थप ७ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय ४८ जना कोरोना संक्रमितरुको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस