किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र


पाल्पा,असोज १९
किसानको माग सम्बोधन गर्न भन्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । पाल्पा कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले ज्ञापन पत्र बझाउनुभएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय तानसेनमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेमार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ज्ञापन पत्र पठाइएको हो ।
ज्ञापन पत्रमा बाँदर नियन्त्रण गर्नुपर्ने,कृषक बिमाको ब्यबस्था गर्नुपर्ने,उचित सिचाइको ब्यबस्थापन गरिनुपर्ने,कृषि ज्याला निर्धारण हुनुपर्ने,प्राङ्गारिक मलको कारखाना स्थापन गर्नुपर्ने,प्रत्येक स्थानीय तहमा खाद्यान्न गोदाम स्थापना गर्नुपर्ने,भुमी बैंकको स्थापना गर्नुपर्ने,मुक्तकमैया,भुमीहिन,बाढी पीडित,भुकम्प पीडित कृषकलाई खेतीयोग्य जग्गा उपलब्ध गराउनुपर्ने, खेतीको बिबिधकरण गरी जहाँ जे उत्पादन हुन्छ त्यही खेतीलाई सरकारले प्राथमिक दिनुपर्ने लगायत माग रहेका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले गहिरो अध्ययन सहित किसानका उचित माग ज्ञापन पत्रमा रहेकाले आफुले १० मिनेट भित्रै गृहमन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने जानकारी दिनुभयो । अगुवा कृषक खनालले आफुले बाँदरको समस्याले गर्दा मकै खेती गर्न छोडेर बेसार खेती गरेको बताउनुभयो । उहाँले सरकारी संयन्त्र प्रभावकारी नहुदा नेपालमा धेरै संभावना हुदा हुदै पनी कृषकहरुले उचित फाइदा लिन नसकेको बताउनुभयो । ज्ञापन पत्रले नेपाल भरीका कृषकहरुको माग समेटिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस