‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ शान्ति समाज

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ शान्ति समाज

पाल्पा, असाेज १९

मानव अधिकार, तथा शान्ति समाज पाल्पाको २१ औं साधारण सभा तथा ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ विषयक विचार गोष्ठी सम्पन्न भएकाे छ । साे अवसरमा बाेल्दै नागरिक समाजका अगुवा, साहित्यकार, चित्रवलीराम सुवालले गुणस्तरी, व्यावहारिक, वैज्ञानिक शिक्षा र गुणस्तरी स्वास्थ्य अहिलेको आवश्यकता रहेको बताए । साेही अवसरमा समाजले मानव अधिकार तथा शान्तिको क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका दुई जनालाई सम्मान समेत गरेको छ । समाजका पूर्व सभापतिहरु कृष्णबहादुर रावल र नारायण प्रसाद शर्मालाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

मानव अधिकार, तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यवद्धतास्वरुप थालेको अभियानलाई शान्ति समाजले तीव्रता दिने बताए । उनले शिक्षालाई वैज्ञानिक, व्यवहारिक र गुणस्तरी स्वास्थ्य सेवा भन्दै मौलिक अधिकार जस्तै गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय बन्नुपर्ने बताए । मानव अधिकार सम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न आफुहरुले सरकारलाई घच्घच्याई समेत उनले बताए ।

समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले हरेक नागरिकले गुणस्तरी स्वास्थ्य र वैज्ञानिक, व्यवाहारिक शिक्षा पाउनु मौलिक अधिकार भएकाले त्यसको कार्यान्वयनमा शान्ति समाज अगाडि बढेको बताए । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, शान्ति समाज पाल्पाका पूर्व सभापतिहरु पुष्करराज रेग्मी, नारायण प्रसाद शर्मा, इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेनाले मानव अधिकार । लाेकतन्त्र एक अर्काका परिपुरक भएकाे बताएका थिए ।

कार्यक्रम सभापति अरूण ज्ञवालीको अध्यक्षता, उपसभापति रेनुका देवकोटाको स्वागत र संस्थाका सचिव सन्तविर बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस