भाग्य बाेक्ने झाेला वितरण

भाग्य बाेक्ने झाेला वितरण

गजेन्द्र पन्थी

पाल्पा, असाेज १७

माथागढी गाउँपालिका वार्ड नं ४ झडेवा स्थित जनप्रिय प्रा .वि. पाल्पामा पहिलाे पाईल नेपाल पाल्पा शाखाद्वारा भाग्य बाेक्ने झाेला वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १ देखी ५ सम्म अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई भाग्य बाेक्ने झाेला लेखिएकाे लाेगाे सहितकाे झाेला वितरण गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि वार्ड नं ४ का वडा अध्यक्ष तथा गाउपालिकाकाे प्रवक्ता मधु पराजुलीले पहिलाे पाईला नेपाललाई धन्यवाद दिदै विद्यालय केन्द्रित यस्ता कार्यक्रमले गर्दा बालबालिकाहरु नियमित विद्यालय आउन प्रेरित गर्ने र सिकाई उपलब्धी बृद्धि हुने बताउनु भयाे । यसै गरी कार्यक्रमका विशिष्ठ अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेश राज पाैडेलले बच्चाहरुलाई पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जाेड दिनु पर्ने बताउदै विद्यालयकाे समग्र विकास गर्न सबै पक्ष एकजुट भई लाग्नु पर्ने बताउनु भयाे । कार्यक्रममा विद्मालयका प्रधानाध्यापक हरिराम जि सि ले याे विद्यालयलाई नमूना र पुर्ण बालमैत्री बनाउने याेजनाका साथ आफूहरु अघि बढेकाले अन्य पक्षहरु सँग पनि यस्ता कार्यक्रमहरु विद्यालयमा ल्याउन अनुराेध गर्नुभयाे ।

किसान मा वि झडेवाका प्रधानाध्यापक तुला बहादुर सारुले बालबालिकाहरुलाई असल ढंगले शिक्षा दिक्षा दिनसके भाेलीका पिढीहरुकाे भविष्य शुन्दर हुने भएकाले बाल मनाेविज्ञान बुझेर शिक्षण सिकाई गर्नु पर्ने बताउनु भयाे ।कार्यक्रममा गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थी, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्राविधिक सहायक बाेमबहादुर थापा पहिलो पाइला नेपाल पाल्पाका अध्यक्ष लेख बहादुर कुँवर, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु पहिलो पाइला नेपाल केन्द्रीय सदस्य शुरेश रायमाझी लगाएतका ब्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रममा पुर्व प्राथमिक तहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएकाे थियाे ।

कार्यक्रम पहिलाे पाइला नेपालका सचिव सुवास पाेखरेलकाे संञ्चालन तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस