युवा संघ पाल्पाकाे अध्यक्षमा श्रेष्ठ, ओलीले कम्युनिष्टकाे धज्जी उडाए : पाण्डे

युवा संघ पाल्पाकाे अध्यक्षमा श्रेष्ठ, ओलीले कम्युनिष्टकाे धज्जी उडाए : पाण्डे

पाल्पा — नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागिपरेकाे आरोप लगाएका छन् । उनले एमालेमा केपी ओलीको व्यक्तिवादी र स्वच्छाचारिताको विरुद्धमा आफूहरुले विद्रोह गरेको बताए ।

नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले आशिष श्रेष्ठको अध्यक्षतामा युवा संघ गठन गरेको छ । युवा संघमा भिमीसरा थापा र यादव भुसाल उपाध्यक्ष, संजय घले सचिव, जोगन भुजेल सहसचिव, अच्युत पाण्डेय कोषाध्यक्ष रहेको ७५ सदस्यीय समिति गठन गरेको नेकपा (एस) का जिल्ला अध्यक्ष कमल पाण्डेले बताए । उमेश भण्डारीको संयोजक र रोशन कँडेल उपसंयोजक रहेको भेला आयोजक कमिटी पनि गठन गरिएको छ ।

पाल्पाकाे तानसेनमा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विभाजन नभई पार्टीको विकृति र विसंगती विरुद्धको विद्रोह र विचारको लडाईमा अाफूहरू लागेकाे बताए । उनी भन्छन्, कम्यूनिष्ट पार्टीको अध्यक्षको नाममा केपी ओलीले अहंकार, दम्भ, घमण्ड, व्यक्तिवाद र गुटवन्दी चलाउँदै संविधान र पार्टीको विधान विपरित काम गरेका कारण हामी बाहिर निस्किएका हाैं । अब केही दिनपछि हिृस्कीको बोतलमा समेत ओलीको फोटो आउन बेर छैन’ उनले व्यङग्य गर्दै भने । काठमाण्डौका सारा सडकमा ओली जीको लार्ज साइजको फोटो राखेको तर विद्यान महाधिवेशनको हलभित्र कम्युनिष्ट पार्टीका नेताको फोटो नदेखिएएको उनले बताए ।

पूर्वमन्त्री सोम प्रसाद पाण्डेयले माधव नेपाल, झलनाथ, बामदेव विनाको पार्टीको कल्पना केपीले गरेका कारण पार्टी विभाजन भएको बताए । नेकपा एसका केन्द्रिय सदस्य पाण्डेले पार्टी विद्रोह बाध्यता रहेको बताउँदै पार्टीको मुली व्यक्तिबाटै समन्वय गर्न नसकेको बताए । केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले बाध्यता र विवशताका बीच पार्टीभित्र विद्रोह भएको बताउँदै अहिले ओलीको व्यक्ति पूजा भइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस