जाेगीकाे भेषमा चाेरी गर्ने भारतीय नागरिक रामपुरबाट पक्राउ

जाेगीकाे भेषमा चाेरी गर्ने भारतीय नागरिक रामपुरबाट पक्राउ

पाल्पा, असाेज १५

जोगीको भेषमा घुम्दै आएर चाेरी गर्ने दुई जना भारतीयलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । रामपुर नगरपालिका वडा नं. ४, देवीस्थानमा जोगीको रहेका भारतीय नागरिकले सुनको सिक्री चोरी गरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजन रहेका छन् । उनीहरु बुधबार दिउँशो १२ बजेतिर फालको घरमा जोगीको भेषमा आएका थिए । जोगीको भेषमा आएका उनीहरुले पुर्ना फालले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी गरेकाे बताइएकाे छ ।

पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान कार्य भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस